२०८३ श्रावण २८, बिहीबार
August 13, 2026
२०८३ श्रावण २८, बिहीबार
August 13, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कुवेतबाट काठमाण्डौं आइपुगे १५० नेपाली

प्रकाशित मिति : २०७७ असार ४ गते

काठमाण्डौं । कुवतेबाट १५० जना नेपाली काठमाण्डौ आइपुगेका छन् । कुवेतमा आममाफीमा सहभागी १५० नेपाली केहीबेर अघि जजिरा एअरमार्फत काठमाण्डौ आइपुगेका हुन् ।
कुवेत सरकारले दिएको आममाफीमा सहभागी नेपालीलाई कुवेत सरकारले आफैंले निःशुल्क रुपमा काठमाण्डौसम्म ल्याइदिएको हो । यसअघि चारवटा उडानमार्फत पाँच सय ९८ जना स्वदेश फर्किसकेका छन् ।
त्यहाँ आममाफी सहभागी भएर कुवेत सरकारले नै व्यवस्था गरेको सेल्टरमा बसिरहेकाहरुलाई त्यहाँको सरकारले ल्याइदिइरहेको छ ।
आममाफीमा सहभागी झण्डै तीन हजार नेपाली छन् । उनीहरु सबैलाई कुवेतले निःशुल्क रुपमा ल्याइदिने छ । जसमध्ये अहिले महिला श्रमिकलाई प्राथमिकतामा राखेर स्वदेश फकाइएको छ । बाँकीको हकमा पनि प्रक्रिया अघि बढिसकेकाले दूतावासले जनाएको छ ।
यसरी फर्काइने नेपालीको कोरोना परीक्षण पनि कुवेत सरकारले नै गरिदिएको छ ।
यस्तै बिहीबार नै ओमानबाट १४७ जना नेपाली स्वदेश फर्कने त्यहाँ रहेका नेपाली दूतावासले जनाएको छ । ओमानबाट सलाम एअरले चार्टर्ड उडानमार्फत १४७ नेपाली स्वदेश ल्याउन लागेको हो । सलाम एअरले नेपाल सरकारले तोकेकोभन्दा सस्तो भाडादरमा नेपालीलाई काठमाण्डौ ल्याउँदैछ ।
यस्तै बिहीबार नै मलेसियाबाट पनि नेपालीहरु स्वदेश फर्कंदैछन् । त्यहाँ समस्यामा परेकामध्ये बिरामी, गर्भवती, जेष्ठ नागरिक लगायतलाई प्राथमिकतामा राखेर दूतावासले बिहीबार हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत स्वदेश पठाउन लागेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.24
152.84
European Euro
1
175.62
176.32
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.37
188.11
Australian Dollar
1
107.55
107.97
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.56
9.60
Chinese Yuan
1
22.58
22.67
Saudi Arabian Riyal
1
40.55
40.71
Qatari Riyal
1
41.76
41.92
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.45
41.62
Malaysian Ringgit
1
37.26
37.41
South Korean Won
100
10.75
10.80
Swedish Kroner
1
15.96
16.02
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.40
19.48
Kuwaity Dinar
1
495.49
497.45
Bahrain Dinar
1
403.79
405.38
Omani Rial
1
395.41
396.97