२०८३ जेष्ठ ११, सोमबार
May 25, 2026
२०८३ जेष्ठ ११, सोमबार
May 25, 2026 Monday

जिप्रकालाई यातायात कम्पनीले बुझाए ज्ञापन पत्र

प्रकाशित मिति : २०७७ असार ८ गते

चितवन । जिल्लामा रहेका यातायात व्यवसायीहरुले बैंकको जरिवाना र व्याज मिनाहको माग गरेका छन् । लकडाउनका कारण यातायात व्यवसायी प्रत्यक्ष रुपमा प्रभावित बनेको बताउँदै व्यवसायीहरुले जरिवाना र व्याज मिनाहका लागि माग गरेका हुन । पुरानो नारायणी यातायात कम्पनी प्रा लिले सोमबार चितवन जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री केपी ओलीलाई एक ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हो ।
ज्ञापन पत्रमा कोभिड–१९ बाट व्यवसायीहरु नराम्रोसँग थलिएको र सरकारले केही विकल्प ननिकाले यातायात क्षेत्रमा कार्यरत मजदुरको रोजगारी गुम्ने खतरा बढेको, लामो समयदेखिको जारी लकडाउनले यातायात क्षेत्रलाई मार पारेको हुनाले सरकारले यातायात मजदुर र व्यवसायीका पीडा बुझ्न, सडक दुर्घटनका घाइतेहरूको औषधि उपचार खर्च व्यवस्थापनको भयावहतालाई यथोचित सम्बोधन गर्ने, बाटो इजाजत पत्र बिना झन्झट सबारी साधनहरुलाई प्रचलित कानून अनुसार प्रदेशिकरण गर्न निशुल्क र सरलिकृत गर्नुपर्ने माग गरिएको छ ।
यस्तै लकडाउन अवधिभर सबै खाले सवारीमा लाग्ने सवारी करमा समानुपतिक छुट गरी बाटो ईजाजत पत्र र जाँच पासमा जरीवाना तथा थप दस्तुर नलाग्नुपर्ने, पछिल्लो श्रावण १ पछाडि दुई वर्षको कर अनिवार्य तिर्नुपर्ने प्रावधान हट्नु पर्ने माग गरिएको छ ।
पुरानो नारायणी यातायात कम्पनी प्रा लिका उपाध्यक्ष असोक पोख्रेलको नेतृत्वमा गएको समितिले जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईलाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भट्टराईले सरकारको निति अनुसार सबै चल्नु पर्ने र व्यवसायीका माग प्रति सरकारले निर्णय गर्ने भएकाले आजै प्रधानमन्त्री कार्यालय पठाउने बताए । जिल्लाबाट हुने सहजिकरणका लागि सधै आँफु तयार रहेको उनको भनाइ थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.81
153.41
European Euro
1
177.31
178.00
UK Pound Sterling
1
205.23
206.04
Swiss Franc
1
194.66
195.43
Australian Dollar
1
108.91
109.34
Canadian Dollar
1
110.57
111.00
Singapore Dollar
1
119.39
119.86
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.92
42.09
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.60
41.77
Malaysian Ringgit
1
38.51
38.66
South Korean Won
100
10.05
10.09
Swedish Kroner
1
16.32
16.38
Danish Kroner
1
23.73
23.82
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
498.08
500.03
Bahrain Dinar
1
405.33
406.92
Omani Rial
1
397.43
398.99