June 25, 2024

गण्डकी प्रदेशमा थप ३२, पुगे १०६३ जना संक्रमित

July 3, 2020

पोखरा । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा विभिन्न चार जिल्लाका व्यक्तिमा संक्रमण देखिएको हो ।

संक्रमितमध्ये नवलपरासी पुर्वका १९, तनहुँका ९, पवर्तका ३, बाग्लुङका १ जना रहेका छन् । उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको डा. विनोद विन्दु शर्माले बताए । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १०६३ पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -