२०८३ श्रावण ३०, शनिबार
August 15, 2026
२०८३ श्रावण ३०, शनिबार
August 15, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गङ्गादशहरा मेला सुरु, आज समापन गरिँदै

प्रकाशित मिति : २०८३ जेष्ठ १२ गते

कञ्चनपुर / बेलौरी नगरपालिका–५ भकुण्डास्थित ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र नक्टाबाबा (कालेश्वर) मन्दिर क्षेत्रमा गङ्गादशहरा पर्वका मेला लागेको छ । सोमबार बार रातिदेखि मन्दिर क्षेत्रमा सुरु भएको मेला मङ्गलबार साँझसम्म जारी रहनेछ ।

मेलामा सहभागी हुन नेपाल तथा भारतका विभिन्न स्थानबाट उल्लेख्य सङ्ख्यामा श्रद्धालु भक्तजन धार्मिक क्षेत्रमा पुगेका छन् । हरेक वर्ष जेठको शुक्लपक्षको गङ्गादशहरा पर्वका अवसरमा यहाँ भव्य मेला लाग्ने परम्परा छ ।

- ADVERTISEMENT -

Advertisement

नक्टाबाबा (कालेश्वर) मन्दिरमा सच्चा मनले पूजा गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । धार्मिक सहिष्णुता र सामाजिक सद्भावको प्रतीकका रूपमा परिचित यस क्षेत्रलाई हिन्दू धर्मावलम्बीले विशेष आस्थाका साथ हेर्ने गरेका छन् ।

स्थानीय बिन्तीराम चौधरीका अनुसार नक्टाबाबा क्षेत्र प्राचीनकालदेखि तपस्या तथा साधनास्थलका रूपमा परिचित रहँदै आएको छ । दोदा नदीको तटीय क्षेत्रमा रहेको कालेश्वर महादेवको पूजा–आराधना गरे रोगव्याधि हट्ने, परिवारमा सुखशान्ति कायम हुने तथा सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको उनी बताउँछन् ।

गङ्गादशहरा पर्वका अवसरमा मन्दिर क्षेत्रमा विशेष पूजा, भजनकीर्तन, धार्मिक अनुष्ठानको आयोजना गरिएको छ । मेलामा व्यापारिक कारोबारका लागि टाढाटाढाबाट व्यापारी पुगेका छन् ।

मन्दिर व्यवस्थापन समितिका अनुसार खाना, सांस्कृतिक वस्तुहरु, व्यापारिक प्रयोजनका पसल मन्दिर परिसर क्षेत्रमा राखिएका छन् । मेलालाई मध्यनजर गर्दै बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकाले जेठ १२ गते स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.41
153.01
European Euro
1
175.80
176.50
UK Pound Sterling
1
205.65
206.46
Swiss Franc
1
187.62
188.35
Australian Dollar
1
107.56
107.98
Canadian Dollar
1
109.33
109.76
Singapore Dollar
1
119.06
119.53
Japanese Yen
10
9.56
9.60
Chinese Yuan
1
22.60
22.69
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.29
37.44
South Korean Won
100
10.72
10.76
Swedish Kroner
1
15.95
16.01
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.05
498.00
Bahrain Dinar
1
404.24
405.84
Omani Rial
1
395.85
397.41