चितवन । बिहीबारदेखि परेको भारी वर्षासँगै नारायणी र राप्ती नदीमा पानीको बहाव बढ्दै जाँदा नदी तटीय क्षेत्रमा डुबान तथा कटान बढ्ने भएकाले सतर्क हुन भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आग्रह गर्नुभएको छ । दाहालले नदी तटीय क्षेत्रका बासिन्दा तथा सम्पूर्ण महानगरवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको हो ।
नदीजन्य सम्भावित जोखिमको निगरानी राख्न महानगर प्रमुख दाहालले महानगरपालिकाको विपद् व्यवस्थापन शाखा, प्रभावित क्षेत्रका जनप्रतिनिधिहरु तथा वडा कार्यालयहरु, नगर प्रहरी तथा जिल्ला स्थित सुरक्षा निकाय, रेडक्रसका साथै मानवीय सहयोगी संघसंस्था तथा निकायहरुलाई उद्धार र व्यवस्थापनका लागि तयारी अवस्थामा रहन समेत आग्रह गर्नुभएको छ ।
निरन्तर वर्षाको यस अवस्थामा महानगर प्रमुख दाहालले महानगरवासीलाई अनावश्यक काममा घर बाहिर ननिस्किन, जोखिम क्षेत्रका मानिसहरु सुरक्षित स्थानमा जान समेत आग्रह गर्नुभएको छ । उहाँले वृद्धवृद्धा, असक्त, बालबालिका तथा महिलाहरुको उचित हेरचाह र विशेष ख्याल गर्न समेत महानगरवासीलाई अनुरोध गर्नुभएको छ ।
प्रमुख दाहालले सम्पूर्ण महानगरवासीहरुलाई उच्च सतर्कता अपनाइ बाढी, पहिरो, डुबान तथा नदी कटान लगायतका सूचना पाएमा तत्काल सम्बन्धीत वडा कार्यालय तथा नजिकैको सुरक्षा निकायलाई जानकारी दिन आग्रह समेत गर्नुभएको छ । निरन्तरको वर्षासँगै नारायणी र राप्ती नदीमा पानीको वहाव बढ्दै गइरहेको छ ।
देवघाटमा रहेको जल मापन केन्द्रले अहिले नारायणी नदीको देवघाटमा ७.१८ मिटर र नारायणगढ पुलमा १०.७१ मिटर पानी रहेको जनाएको छ । भरतपुर महानगरपालिकाको १, ३, ४, १६, १७, १८, २२ र २४ देखि २८ सम्मका वडाहरु डुबान र नदी कटानको उच्च जोखिममा रहेका क्षेत्र हुन् । त्यस्तै वडा नम्बर २९ का अधिकांश भागहरु पहिरोको जोखिममा रहेका छन् ।
यसैबीच, महानगरपालिकाको वडा नम्बर २७ र २८ को सिमानामा पर्ने निउरे चोकमा शुक्रबार बिहान एउटा स्पार्क बगाएको छ । सो स्थानमा नदीको कटान रोकथाम र नियन्त्रणका लागि भरतपुर महानगरपालिका, नदी नियन्त्रण कार्यालय तथा सुरक्षा निकायहरुको संयुक्त टोलीले काम गरिरहेको छ ।
- ADVERTISEMENT -

नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह : महानगर प्रमुख दाहाल

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.27
152.87

European Euro
1
176.21
176.91

UK Pound Sterling
1
204.05
204.85

Swiss Franc
1
191.39
192.14

Australian Dollar
1
107.47
107.90

Canadian Dollar
1
109.31
109.75

Singapore Dollar
1
118.47
118.94

Japanese Yen
10
9.51
9.55

Chinese Yuan
1
22.49
22.58

Saudi Arabian Riyal
1
40.56
40.72

Qatari Riyal
1
41.77
41.93

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.46
41.62

Malaysian Ringgit
1
37.50
37.64

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.19
16.25

Danish Kroner
1
23.58
23.67

Hong Kong Dollar
1
19.43
19.51

Kuwaity Dinar
1
495.59
497.54

Bahrain Dinar
1
403.82
405.41

Omani Rial
1
395.48
397.04












