२०८३ बैशाख २७, आईतवार
May 10, 2026
२०८३ बैशाख २७, आईतवार
May 10, 2026 Sunday

भारतीय च्यानलबारे डाक्टर तिवारीको आपत्तिजनक अभिव्यक्ति

प्रकाशित मिति : २०७७ असार २७ गते

चितवन । भारतीय न्यूज च्यानलहरुको प्रसारण नेपालमा रोक लगाइएको विषयलाई लिएर चितवनका एक चिकित्सकले आपत्तिजनक अभिव्यक्ति दिएका छन् । भरतपुर अस्पतालको मेडिसिन विभागमा कार्यरत डा। ऋतुराज तिवारीले आपत्तिजनक अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएपछि प्रहरीले छानबिन थालेको हो । उनले भारतीय च्यानल बन्द भएको विरोधमा हिन्दी भाषामा एक आपत्तिजनक तथा अश्लिल भिडियो रेकर्ड गराएका थिए । उनको भिडियोमा ‘भारतले सीमा बन्द गरिदिए ‘ खान्छौ नेपाली रु तिमीहरुलाई चीनले ‘ दिन्छ की, जापानले दिन्छ रु’ भनेका छन् । सो भिडियो सामाजिक सञ्जालमा समेत सार्वजनिक भएको छ । देशको गरिमामाथि नै आँच आउने अभिव्यक्ति दिएकाले डा। तिवारीलाई चितवन प्रहरीले सोधपुछका लागि बोलाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुवास भट्टले डा। तिवारीमाथि सोधपुछ गरिने बताए । ‘उनको अभिव्यक्तिमाथि साइबर क्राइमको मुद्दा पनि चल्न सक्छ, अर्को राज्यविरुद्धको अपराध जस्तो पनि देखिन्छ,’ प्रहरी निरीक्षक भट्टले भने । विवादास्पद छविका डा तिवारी गत असार १ गतेबाट दैनिक ज्यालादारीमा काम गर्न भरतपुर अस्पतालमा नियुक्त भएका थिए । उनीबारे थप छानबिनका लागि जिल्ला प्रशासन कार्यालयमा लेखेर पठाइने अस्पताल प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीले बताए ।
डा तिवारीले भने, ‘मैले पनि उहाँको भिडियो हेरेँ, आपत्तिजनक कुरा बोल्नुभएको छ, एक नेपालीले बोल्न नहुने कुरा बोलेको देखिन्छ, अर्को कुरा चिकित्सक जस्तो व्यक्तिले बोल्ने स्तर त्यस्तो हुँदैन ।’ भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले दैनिक ज्यालादारीमा काम गर्ने चिकित्सक भएकाले उनलाई हटाउन सकिने बताए ।
‘कोभिडको उपचारका लागि सहज होस् भनेर ल्याएका हौं, तर उहाँको अभिव्यक्ति खेदजनक छ,’ अध्यक्ष डा अधिकारीले भने । चितवन मेडिकल कलेजमा काम गर्दा समेत विवादित बनेका डा तिवारीले एमडी गरिसके पनि मेडिकल अधिकृतको रुपमा कार्यरत छन् । –हल्कारो समाचारबाट ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
177.54
178.25
UK Pound Sterling
1
205.30
206.12
Swiss Franc
1
193.82
194.59
Australian Dollar
1
109.18
109.61
Canadian Dollar
1
110.56
110.99
Singapore Dollar
1
119.01
119.49
Japanese Yen
10
9.62
9.66
Chinese Yuan
1
22.18
22.27
Saudi Arabian Riyal
1
40.22
40.38
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.08
41.25
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.27
19.35
Kuwaity Dinar
1
492.75
494.71
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.89
393.45