नारायणगढ, चितवन \ वातावरण दिवसको अवसर पारेर युथ क्लब नारायणगढले नारायणी नदी किनारको ड्याममा वृक्षरोपण गरेको छ ।
‘विरुवा रोपांै वातावरण संरक्षण गरौं’ भन्दै भरतपुर महानगरपालिका–१ को जोरकुसुम क्षेत्रमा खयर, अमला, कपुर, बाँस, कागतीलगायत ३०० विरुवा रोपेको क्लबका अध्यक्ष रामबाबु श्रेष्ठले जानकारी दिए ।
देवघाट वागेश्वरी नजिकै दियालो बंगला क्षेत्रमा वृक्षरोपण गरिएको हो । नारायणी नदीले कटान गर्न सक्ने भन्दै ड्याम निर्माण गरेको स्थानमा रोपिएको विरुवा संरक्षणका लागि अलगै कर्मचारीको व्यवस्था गरेको क्लबले जानकारी दिएको छ । कर्मचारीसँगै तारजाली लगाएर संरक्षण गर्ने क्लबका पूर्वअध्यक्ष भुवन आचार्यले जानकारी दिए ।
वातावरण दिवसमा रोपियो ३०० विरुवा
July 15, 2020

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
