चितवन । माडी नगरपालिका वडा नम्बर ९ मा रहेको कुसुमखोलामा रहेका दुईवटा घर निकुञ्जले आगो लगाएको छ । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालका अनुसार माडी नगरपालिका वडा नम्बर ९ कुसुमखोलामा रहेका सुकुम्बासीको घरमा निकुञ्जले आगलागी गर्नुका साथै घरहरु भत्काएको हो ।
वर्षातको समयमा समेत निकुञ्जले घर भत्काउने काम गरिनु निन्दनीय रहेको उहाँले बताउनुभयो । त्यहाँ रहेका स्थानीय चेपाङ्ग समुदायलाई स्थानान्तरणका लागि तयारी गरिरहेको समयमा निकुञ्जले आफ्नो क्षेत्र अतिक्रमण गरि वसेको भन्दै घरमा आगो लगाउनुका साथै घर भत्काएको हो ।
त्यहाँ १ सय ८० घर रहेका थिए । जसमध्ये राईटोलमा ८० घर निर्माणको काम जारी रहेको उहाँले जनाकारी दिनुभयो ।
वनाउन लागिएको घर मध्ये २९ वटा घर तयार भई सकेको छ भने १३ घरमा छानो हाल्दै गर्दा बेनामी उजुरी परे पछि काम रोकीएको छ । नयाँ स्थानमा पनि वन्न नदीने र भईरहेको ठाउँमा पनि वस्न नदीए पछि उनीहरु कहाँ जाने ढकालले प्रश्न गर्नुभयो ।
हाल त्यहाँ ११ वटा घरहरु रहेका छन् । तीनै घरहरु मध्ये दुईवटा घरमा आगो लगाएको र तीन वटा घर भत्काएको माडी नगरपालिका वडा नम्बर ९ का अध्यक्ष शिवहरी सुवेदीले जानकारी दिनुभयो । अन्यले सो स्थान छोडि सकेको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो “निकुञ्जले अहिले एक साताका लागि समय सिमा दिदै घर भत्काएको हो ।” चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले घरमा मानिस नभएका घरहरु भत्काएको भए पनि आगो लगाउने र मानिस वसोवास गरेका घरहरु भत्काउने काम नभएको बताउनुभयो । उहाँले भन्नुभयो “परालका टौवाहरु भत्काएका हौ । यो मध्ये वर्खामा कस्ले घर भत्काउँछ ।”
- ADVERTISEMENT -

सुकुम्बासी बस्तिमा निकुञ्जले आगो लगायो

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.56
152.16

European Euro
1
178.16
178.86

UK Pound Sterling
1
206.39
207.21

Swiss Franc
1
194.28
195.05

Australian Dollar
1
109.09
109.52

Canadian Dollar
1
111.74
112.18

Singapore Dollar
1
119.09
119.57

Japanese Yen
10
9.68
9.72

Chinese Yuan
1
22.20
22.28

Saudi Arabian Riyal
1
40.41
40.57

Qatari Riyal
1
41.59
41.76

Thai Baht
1
4.66
4.67

UAE Dirham
1
41.26
41.43

Malaysian Ringgit
1
38.18
38.33

South Korean Won
100
10.29
10.33

Swedish Kroner
1
16.42
16.48

Danish Kroner
1
23.84
23.94

Hong Kong Dollar
1
19.34
19.42

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.35
402.94

Omani Rial
1
393.64
395.20










