२०८३ जेष्ठ ३०, शनिबार
June 13, 2026
२०८३ जेष्ठ ३०, शनिबार
June 13, 2026 Saturday
- ADVERTISEMENT -

बल्खुका सुकुम्बासी आक्रोशित, ‘विकल्प र पूर्वजानकारी बिना नै हटाइयो’

प्रकाशित मिति : २०८३ बैशाख १८ गते
file photo.

काठमाडौं / सरकारले बल्खु क्षेत्रमा रहेका अनधिकृत संरचना र सुकुम्बासी बस्ती हटाउने प्रक्रिया अगाडि बढाएसँगै स्थानीय बासिन्दाहरूले सरकारको यस कदमप्रति तिब्र असन्तुष्टि र आक्रोश व्यक्त गरेका छन् ।

बल्खुस्थित सुकुम्बासी बस्तीमा सात जनाको परिवारसहित बसोवास गर्दै आउनुभएका अम्बिका पुरीले सरकारले कुनै पूर्वसूचना नदिई एक्कासि बस्ती हटाउन खोजेको भन्दै दुःख व्यक्त गरे । उनले सरकारले विकल्पको व्यवस्था नगरी आफूहरूलाई सडकमा पु¥याएको आरोप लगाए । उनले सरकारको पछिल्लो कदमप्रति असन्तोष व्यक्त गरे ।

- ADVERTISEMENT -

Advertisement

विगतमा निकै मेहनत गरेर बसोवासको व्यवस्था मिलाएको उल्लेख गर्दै उनले सरकारले सुकुम्बासी बस्ती भत्काउनुअघि उचित व्यवस्थापन वा अर्को जग्गाको व्यवस्था गर्नुपर्ने माग गरे ।

प्रधानमन्त्री बालेन्द्र साहको कार्यशैलीप्रति टिप्पणी गर्दै उनले शुरुमा केही राम्रो काम हुने आशा पलाए पनि अहिले आफूहरू बिचल्लीमा परेको बताए । ‘हामीलाई कुनै जानकारी नै दिइएन । जानकारी दिएको भए कम्तीमा आफ्ना सामानहरू सुरक्षित ठाउँमा सार्न सकिन्थ्यो, सामानको नोक्शानी हुने थिएन । सरकारले केही पनि बन्दोबस्त गरेको छैन, खाली लखेट्ने काम मात्र भइरहेको छ । अब यत्रो परिवार लिएर हामी कहाँ जाने रु हाम्रो गन्तव्य अब सडक नै हुने देखिएको छ’ उनले भने ।

- ADVERTISEMENT -

Advertisement

पुरीकाअनुसार सरकारले बिना जानकारी डोजर चलाउँदा स्थानीयको धनमालमा क्षति पुगेको छ । ‘यो सरकारले गरेको काम राम्रो छैन । बस्ती हटाउनु नै थियो भने हामीलाई दोस्रो जग्गा वा बस्ने ठाउँको विकल्प दिनुपथ्र्यो’ उनले भने ।

सरकारले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने अभियानलाई तिब्रता दिएपनि विकल्पहीन विस्थापनले सुकुम्बासी परिवारहरूमा भने अन्योल र त्रास सिर्जना गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.92
153.52
European Euro
1
176.43
177.12
UK Pound Sterling
1
204.35
205.16
Swiss Franc
1
191.32
192.07
Australian Dollar
1
106.97
107.39
Canadian Dollar
1
109.41
109.84
Singapore Dollar
1
118.71
119.18
Japanese Yen
10
9.53
9.56
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.74
40.90
Qatari Riyal
1
41.95
42.11
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.64
41.80
Malaysian Ringgit
1
37.60
37.75
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.04
16.10
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
497.71
499.66
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.17
398.73