चितवन / पूर्व पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिकाको टाँडीचोकमा निर्माणाधिन अपाङ्गमैत्री आकासे पुलको काम तीब्र रुपमा भइरहेको छ । लिफ्ट सहितको सो आकासे पुलको ७५ प्रतिशत काम सकिएको नगरपालिकाले जनाएको छ । रत्ननगर नगरपालिकाले गौरभको आयोजना अन्तर्गत चितवनमै पहिलो पटक आकासे पुलको निर्माण थालेको हो ।
सो नगरले प्रविधि जडान गरेर आकासे पुल निर्माण गरिरहेको छ । रत्ननगरले लिफ्ट सहितको सो आकासे पुललाई नेपालकै पहिलो नमुना आकासे पुल भनेको छ । पुलको काम ७५ प्रतिशत सकिएको नगरपालिकाले जनाएको छ । स्टील स्टक्चरबाट निर्माण गरिने भएकाले अबको डेढ महिना भित्र पुल निर्माणको काम सकिने नगरपालिकाका इन्जिनियर पंकज गिरीले जानकारी दिए ।
दसैं अगाडि नै सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनले बताए । राजमार्गको उत्तर तर्फ नेपाल मावि रोड र दक्षिण तर्फ सिनेमाहल रोड तर्फबाट आवत जावत गर्न मिल्ने गरी पुल निर्माण गरिएको छ । आकासे पुल ४० मिटर लम्बाई र साढे ५ मिटर उचाईमा बनेको छ । प्रदेश सरकारको एक करोड र रत्ननगर नगरपालिकाको एक करोड ४२ लाख गरी २ करोड ४२ लाखको लगानीमा रत्ननगरमा आकासे पुल निर्माण भइरहेको छ । हिम सगरमाथा कस्न्टक्सन प्रा.लि.ले पुल निर्माणको काम गरेका छ ।
रत्ननगर नगरपालिकाले सवारी दुर्घटना न्यूनीकरण र टाँडी बजारलाई सुन्दरता प्रदान गर्न मेयर नारायण वनको विशेष पहलमा यहाँ आकासे पुल निर्माण सुरु भएको हो । अपाङ्गता भएका व्यक्तिहरुलाई पनि आवत जावतमा सहज होस भनेर रत्ननगरले नेपालमै पहिलो पटक आकासे पुलमा लिफ्ट राख्न थालेको हो । नगरपालिकाले छुट्टै लगानी गरेर लिफ्ट तयार गर्ने योजना बनाएको छ ।
पुल निर्माण स्थलमा विजुलीको पोल भूमिगत गर्ने योजना रहेको छ । नेपाल विद्युत प्राधिकरणले पूर्व तर्फ १०० मिटर र पश्चिम तर्फ १०० मिटर विजुलीको पोल भूमिगत गर्ने काम सुरु भएको छ । पुल निर्माणमा प्रविधिको प्रयोग गरिएको छ । हाम्रो नगरपालिका शहरीकरण तर्फ उन्मुख छ उनले भने शहरीकरणको अनुभूति नगरबासीलाई दिलाउन आकासे पुल निर्माण सुरु गरेको हु ।
मेयर वनले रत्ननगरको अस्पतालको स्तरोन्नती,सौराहामा सिटीहल र टाँडी बजारमा आकासे पुल निर्माण गर्ने योजना सफलता तर्फ उन्मुख भइरहेको बताए । आकासेपुल समयमै निर्माण सम्पन्न गर्नका लागि उपमेयर विमला दुवाडी,वडा नं २ का वडाध्यक्ष तिलकराज शर्मा,प्रबक्ता राजेन्द्र हमाल लगायतका जनप्रतिनिधिहरु लागि परेका छन ।
July 26, 2020
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -