२०८२ चैत्र २, सोमबार
March 16, 2026
२०८२ चैत्र २, सोमबार
March 16, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

लडेको बेला हाँस्दा ढुङगा प्रहार गरेर हत्या गरेको आरोपितको बयान

प्रकाशित मिति : २०७७ श्रावण १३ गते
फोटो : इच्छाकामना न्यूज ।
- ADVERTISEMENT -

गोरखा / जिल्लाको सहिदलखन गाउँपालिका स्थित मनकामनाकी ७२ बर्षिया वृद्धा कृष्णकुमारी आलेको हत्या गरेको आरोपमा पक्राउ परेका युवकले आफुले हत्या गरेकाे स्विकार गरेका छन् ।
प्रहरीले गरेको प्रारम्भिक बयानका क्रममा घट्नाका अाराेपित स्थानीय हुकमान चुमी मगरले आफुलाई जिस्क्याएपछि आवेगमा आएर ढुङगाले हानेर बृद्धाको हत्या गरेको स्विकार गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी एसपी सुरेन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो ।
कार्यालयमा आज दिउँसो पत्रकार सम्मेलनको आयोजना गरि युवकले पछाडीबाट ढुङगाले हानेर बृद्धाको हत्या गरेको स्विकार गरेको बताउनुभयो ।
‘पाडा चराउन गएका बेला गोडामा हिलो लागेपछि आरोपित युवक खाल्टोपानी खोलामा धुन गएको र त्यही बेल खेतमा पानी लगाउन खोलामा पुगेकी आले एक्कासी चिप्लिएर लडेपछि युवक हाँसेको र बृद्धाले बढी मान्छे लडद पनि हास्छस भनेर गाली गर्दा एक्कासी आवेगमा आफुले ढुङगाले हानी हत्या गरेको स्विकार गरेका छन् ।’ एसपी गुरुङले भन्नुभयो । युवकले बृद्धा लडेपछि उठाउन जाँदा समेत हट भनि गाली गरेपछि रिस उठेर हातखुट्टा धुन लागेका बेला पछाडीबाट ढुङगाले हानेको बताएको उहाँको भनाई छ ।
‘ढुङगाले हानेपछि बृद्धा भुईमा ढलेको र ढली सकेपछि पनि पुनः २ पटक ढुङगाले हानी म¥यो भनेर १० मिटर पर कसैले नदेख्ने गरि छोडेर घरमा गई लुगा फेरेर आँबुखैरेनी तिर लागेको उनले प्रारम्भिक बयानमा बताएका छन् ।’ एसपी गुरुङले भन्नुभयो । हत्याको आंशकमा फरार युवकको खोजी गर्र्दा लुकीछिपी हिडिरहेको अबस्थामा शहिद लखन गाउँपालिका वडा नम्बर १ को बनौतीबाट उनलाई हिजो पक्राउ गरिएको उहाँको भनाई छ । आरोपित युवकले अपराधिक मानसिकताबाट नभई आवेगमा आएर हत्या गरेको पाइएको एसपी गुरुङले जानकारी दिनुभयो । ‘हत्या गरिएकी महिला वा उहाँको परिवार कसैसंग पनि आरोपित युवकको रिस भएको पाइएको छैन, उहाँले भन्नुभयो, मानसिक रुपमा अलि एकोहोरो स्वभावका उनि सामान्य जिस्क्याएको बिषयमा आवेगमा ढुङगा प्रहार गरि हत्या गरेको पाइन्छ ।’ पक्राउ परेका युवकलाई जिल्ला अदातल गोरखाबाट ५ दिनको म्याद थप गरि अनुसन्धान अघि बढाइएको एसपी गुरुङले जानकारी दिनुभयो । उनि बिरुद्ध कतव्र्य ज्यान मुद्धा दर्ता गरि अनुसन्धान सुरु गरिएको प्रहरीको भनाई छ ।
बुधबार बिहान खेतमा पानी लगाउन गएकी आलेको हटियाँ भन्ने स्थानमा शुक्रबार शव फेला परेको थियो । टाउको पछाडी भागमा गहिरो चोट देखिएको उहाँलाई हत्या गरी फालिएको अनुमानमा प्रहरीले अनुसन्धान थालेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.64
148.24
European Euro
1
168.55
169.24
UK Pound Sterling
1
195.27
196.06
Swiss Franc
1
186.56
187.31
Australian Dollar
1
103.07
103.49
Canadian Dollar
1
107.62
108.06
Singapore Dollar
1
115.01
115.48
Japanese Yen
10
9.24
9.28
Chinese Yuan
1
21.41
21.49
Saudi Arabian Riyal
1
39.34
39.50
Qatari Riyal
1
40.39
40.56
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.20
40.36
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
9.83
9.87
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
22.56
22.65
Hong Kong Dollar
1
18.86
18.94
Kuwaity Dinar
1
481.70
483.65
Bahrain Dinar
1
391.05
392.64
Omani Rial
1
383.48
385.04