चितवन । फोर्ब्स कलेजको आयोजनामा चितवनका प्रहरीहरुका लागि साइबर अपराध तथा सुरक्षा सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम नारायणगढमा सम्पन्न भएको छ । चितवनका प्रहरी अधिकृत तथा प्रहरीहरुलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) नान्तीराज गुरुङ, प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापा, रविन कार्की लगायत जिल्लाका ५० जना प्रहरीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि चितवनका प्रहरी प्रमुख गुरुङले विश्वभर साइबर क्राइम चुनौतीको रुपमा बढ्दै गएकाले यस्ता तालिम तथा अन्तरक्रियाले प्रहरीलाई अनुसन्धान तथा आपराधिक घटना नियन्त्रण गर्न सहयोगी हुने बताउनुभयो । प्रविधिको विकाससँगै सामाजिक सञ्जालमा अपराध बढ्दै गएकाले आपराधिक घटनाको छानविन र अपराधीलाई कारवाहीको दायरामा ल्याउन सबैको साथ र सहयोगको आवश्यकता समेत हुने उहाँले बताउनुभयो ।
सन् २०१७ मा स्थापना भएको सो कलेजले उपत्यकाबाहिर पहिलो पटक साइबर सुरक्षा सम्बन्धी अध्यापन शुरु गरेको कलेजका प्राचार्य हरिशरण पाठकले बताउनुभयो । विभिन्न विद्यालय र संघ संस्थाहरुमा यस अगाडि पनि कलेजले साइबर अपराध तथा सुरक्षा सम्बन्धी तालिमहरु दिँदै आएको र आगामी दिनमा विभिन्न स्थानीय तहमा समेत सो सम्बन्धी तालिम सञ्चालन गर्ने योजना रहेको समेत प्राचार्य पाठकले बताउनुभयो । साथै कलेजले गतवर्ष पनि जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरीहरुका लागि तालिमको आयोजना गरेको थियो ।
कलेजका निर्देशक इन्जिनियर सुलभ अधिकारीले संचालन गर्नुभएको सो कार्यक्रममा कलेजका सहायक प्राचार्य इन्जिनियर दिवश मैनालीले कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा कलेजका शिक्षक अभिभावक संघका अध्यक्ष रामचन्द्र सापकोटा, फोब्र्स साइबर क्राइम एण्ड सेक्युरिटी अवेरनेस क्लवका अध्यक्ष विपु ओझा, पूर्व अध्यक्ष राजन धिताल लगायतको उपस्थिति रहेको थियो ।
- ADVERTISEMENT -

प्रहरीलाई साइबर अपराध तथा सुरक्षा सम्बन्धी अभिमुखीकरण

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.39
148.99

European Euro
1
175.06
175.76

UK Pound Sterling
1
200.75
201.56

Swiss Franc
1
189.65
190.41

Australian Dollar
1
106.40
106.83

Canadian Dollar
1
108.49
108.93

Singapore Dollar
1
116.62
117.09

Japanese Yen
10
9.32
9.36

Chinese Yuan
1
21.75
21.84

Saudi Arabian Riyal
1
39.56
39.72

Qatari Riyal
1
40.70
40.86

Thai Baht
1
4.63
4.65

UAE Dirham
1
40.40
40.56

Malaysian Ringgit
1
37.54
37.70

South Korean Won
100
10.03
10.07

Swedish Kroner
1
16.18
16.25

Danish Kroner
1
23.42
23.52

Hong Kong Dollar
1
18.95
19.03

Kuwaity Dinar
1
484.62
486.58

Bahrain Dinar
1
393.53
395.12

Omani Rial
1
385.42
386.98













