२०८२ असार ३२, बुधबार
July 16, 2025
२०८२ असार ३२, बुधबार
July 16, 2025 Wednesday

गाउँपालिकाका उच्च अधिकृतमा कोरोना, ३ दिनको लागि कार्यालय बन्द

प्रकाशित मिति : २०७७ श्रावण १८ गते

आँबुखैरेनी / तनहुँको आँबुखैरेनी गाउँपालिका कार्यालयमा कार्यरत एक जना उच्च अधिकृत तहको कर्मचारीमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ। शनिबार साझ आएको उनको पिसिआर रिपोर्टमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो।
गाउँपालिकाको उच्च तहकै कर्मचारीमा कोरोना संक्रमण देखिएपछि गाउँपालिका कार्यालय र मातहतका सम्पूर्ण कार्यालयहरु आजदेखी ३ दिनको लागि बन्द गरिएको छ।
यस्तै गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी सबैको कोरोना परिक्षणको लागि आजै स्वाव संकलन गर्ने काम भैरहेको गाउँपालिकाका सूचना अधिकारी शिखरलाल डोटेलले जानकारी दिनुभयो।           –इच्छाकामना न्यूजबाट /

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -