२०८२ मंसिर २४, बुधबार
December 10, 2025
२०८२ मंसिर २४, बुधबार
December 10, 2025 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पहिरोमा परेर ८ जना बेपत्ता, एक जनाको उद्धार

प्रकाशित मिति : २०७७ श्रावण १९ गते
File photo
- ADVERTISEMENT -

सिन्धुपाल्चोक / लगातारको वर्षासँगै आएको पहिरोमा परि सिन्धुपाल्चोकमा ८ जना बेपत्ता भएका छन् । कभर्ड हल निर्माणमा खटिएका कामदारहरु गएराति करिब दुई बजेतिर आएको पहिरोमा पुरिएका हुन्।
वाग्मती प्रदेश सरकारले निर्माण गर्न लागेको कभर्ड हल बनाउन खटिएका कामदार बसेको घर पहिरोले पुरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी प्रमुख फलबहादुर तामाङले जानकारी दिनुभयो । उहाँकाअनुसार पहिरोमा ९ जना पुरिएकामा एक जनाको उद्धार भएको छ ।
मेलम्ची बजार पिपलबोट नजिक ढिस्को खसेर कामदार सुतेको घर पुरेको हो ।अहिले पहिरोमा हराएकाहरुको नेपाली सेना, प्रहरी र स्थानीय मिलेर खाजि कार्यमा खटिएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -