April 22, 2025

बार अनुसार सेवा प्रदान गर्दै इच्छाकामना गाउँपालिका

August 10, 2020
- ADVERTISEMENT -

इच्छाकामना / चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले कारोना भाइरस ( काभिड– १९) लाइ मध्यनजर गर्दै बार अनुसार सेवा प्रदान गर्ने भएको छ।
गाउँपालिकाले प्रत्येक वडालाई बार अनुसार हप्ताको एक दिन मात्र सेवा दिने भएको हो। विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ रोकथामका लागि कोरोना नियन्त्रण समितिको बैठकको निर्णय अनुसार अत्यावश्यक काम बाहेक एक बार एक वडालाई सेवा दिने भएको हो ।
जसअन्तरगत वडा नम्बर १ र २ का लागि आइतबार, वडा नम्बर ३ का लागि सोमबार, वडा नम्बर ५ का लागि मंगलबार, वडा नम्बर ६ का लागि बुधबार, वडा नम्बर ७ का लागि बिहिबार र वडा नम्बर ४ का लागि शुक्रबार सेवा प्रदान गर्ने गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले जानकारी दिनुभयो ।
अनावश्यक भीडभाड नहुने गरि अनिवार्य मास्क प्रयोग गरि सामाजिक दुरी कायम गरि जनस्वास्थ्य मापदण्ड पालना गरि गाउँपालिका कार्यालयले सेवा प्रदान गर्ने अध्यक्ष गुरुङले बताउनुभयो ।

- ADVERTISEMENT -