२०८३ बैशाख २७, आईतवार
May 10, 2026
२०८३ बैशाख २७, आईतवार
May 10, 2026 Sunday

बागेश्वरीमा १५० शैया, आइसोलेसन निर्माणमा जुटे जनप्रतिनिधि

प्रकाशित मिति : २०७७ भाद्र ९ गते

चितवन / चितवनमा कोरोना संक्रमितहरूको उपचार योग तथा प्राकृतिक चिकित्सा पद्धतिबाट उपचार गर्नका लागि आइसोलेसन निर्माणका लागि जनप्रतिनिधि जुटेका छन् । भरतपुर–१ बागेश्वरीमा रहेको योगी नरहरिनथा योग तथा प्राकृतिक चिकित्सालयमा कोरोना संक्रमितका लागि छुट्टै ब्लक स्थापना गरेर उपचार सुरू गर्ने तयारीमा जनप्रतिनिधि जुटेका हुन् । लक्षण नदेखिएका कोरोना संक्रमितलाई बागेश्वरीमा राखिने छ ।
कोरोना संक्रमितको संख्या बढ्दै जाँदा चितवनमा उपचारका लागि स्थानको अभाव छ । भरतपुर अस्पतालमा कोरोना संक्रमितका लागि भनेर छुट्टाइएको ७० शैया भरिभराउ छ । भरतपुर महानगरपालिकार भरतपुर अस्पताल समन्वयमा प्राकृतिक चिकित्सालयलाई उपचार केन्द्रका रुपमा प्रयोग गर्न लागिएको प्रदेश सांसद विजय सुवेदीले जानकारी दिनुभयो । उहाँले आइसोलेसन निर्माणको काम अन्तिम चरणमा पुगेको एक÷दुई दिनमा संक्रमितको उपचार सुरु हुने बताउनुभयो । उहाँले आइसोलेसन निर्माणका लागि शसस्त्र प्रहरीसंगै श्रमदान समेत गर्नुभएको थियो ।
भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले महानगरपालिका भित्रका लक्ष्क्षण नदेखिएका संक्रमितहरुलाई बागेश्वरीको आइसोलेसनमा राखिने जानकारी दिनुभयो । उहाँले महानगरपालिकाले सबै क्षेत्रको सहकार्यमा काम गरिरहेको बताउनुभयो ।
आइसोलेसन निर्माणका लागि चिकित्सालयमा रहेको भौतिक संरचनाहरुको पुननिर्माण खर्च महानगरले व्यहोर्नेछ भने आइसोलेसनको व्यक्तिगत खर्च केन्द्र सरकार र व्यवस्थापकिय काम चिकित्सालयले गर्नेछ ।
चिकित्सालयका प्रमुख डाक्टर हेमराज कोइरालाले कोरोना संक्रमण भएका तर लक्षण नदेखिएका तथा सामान्य लक्षण देखिएकाहरूको उपचार गर्ने बताउनुभयो । ‘संक्रमितहरुको योगा तथा प्राकृतिक उपचार पद्धतिबाट उपचार गराउँछौं,’ उहाँले भन्नुभयो ‘यो विधिबाट गरिएको उपचार प्रभावकारी हुन्छ भनेर नै सुरू गर्न लागेका हौं।’
२०७४ असोजमा स्थापना भएको चिकित्सालयमा ३६ जना स्वास्थ्यकर्मीहरू छन् । उनीहरूमध्येबाटै कोरोना संक्रमितको उपचारमा खटिने उहाँले बताउनुभयो । संक्रमितलाई नियमित योग गराइनेछ ।
नवलपुरको रजहरमा रहेको प्राकृतिक चिकित्सालयले केही महिनादेखि यही पद्धतिअनुसार उपचार गर्दै आएको छ । उक्त अस्पतालमा पुगेका तीन सय जनाभन्दा बढी बिरामी निको भएर घर फर्किइसकेका छन्।
जिल्लामा प्राविधिक सहयोगका लागि भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीको संयोजकत्वमा एउटा समिति बनेको छ । उक्त समितिले कोरोना संक्रमितको उपचारका लागि आवश्यक सहयोग गर्नेछ ।
चितवनमा अहिले करिब दुई सय बढि सक्रिय कोरोना संक्रमितहरू छन् । उनीहरूमध्ये करिब एक सय बढि होम आइसोलेसनमा छन् । पूर्वी चितवनका रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकाले संयुक्त रुपमा आइसोलेसन निर्माण गरेर उपचार सुरू गरेका छन् । माडी नगरपालिमा भने केही महिनाअघि नै आइसोलेसन बनिसकेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
177.54
178.25
UK Pound Sterling
1
205.30
206.12
Swiss Franc
1
193.82
194.59
Australian Dollar
1
109.18
109.61
Canadian Dollar
1
110.56
110.99
Singapore Dollar
1
119.01
119.49
Japanese Yen
10
9.62
9.66
Chinese Yuan
1
22.18
22.27
Saudi Arabian Riyal
1
40.22
40.38
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.08
41.25
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.27
19.35
Kuwaity Dinar
1
492.75
494.71
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.89
393.45