भरतपुर / होटल व्यवसायी संघ चितवनले व्यवसाय सञ्चालनको लागि वातावरण सहज बनाई दिन माग गरेका छन् । संघले होटल संचालनका लागि वातावरण सहज बनाउन दिन माग गर्दै आइतबार जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई ज्ञापनपत्र बुझाएका हुन् ।
संघका अध्यक्ष शर्मिला न्यौपानेले ज्ञापनपत्र बुझाउँदै भने, ‘६ महिनादेखि बन्द हुँदा घरभाडा तिर्न पनि गारो भयो, कर्मचारी पनि घरखर्च चलाउन नसक्ने अवस्थामा छन्, यो बेला होटल अब चलाउन दिनुपर्छ ।’ होटल व्यवसायी लिएको ऋणसमेत तिर्न नसकेको अवस्थामा आयआर्जनको बाटो नै बन्द हँुदा पलायनको स्थिति आएको उहाँले बताउनुभयो ।
नेपाल होटल व्यवसायी महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष इमान्दु बरालले स्वास्थ्य सावधानी अपनाएर होटल व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने बताउनुभयो । स्वास्थ्यकर्मी, संक्रमित वा अन्यलाई छुट्टै सुरक्षित आवासका लागि होटलका कोठाहरु दिन तयार रहेको उहाँले बताउनुभयो ।
चितवनमा ठूला बाहेकका ४ हजार बढी मझौला होटल तथा लजहरु छन् ।
होटल व्यवसाय सञ्चालनको माग गर्दै ज्ञापन–पत्र
September 14, 2020

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
