January 21, 2025
- ADVERTISEMENT -

कुवेतका नेपालीद्वारा बालबालिकालाई खाद्यन्न सहयोग

September 22, 2020

राप्ती / राप्ती भेरी कर्णाली एकता समाज कुवेतद्वारा तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ विजौरीस्थित असहाय बालविकास, नेपालमा रहेका बालबालिकालाई खाद्यन्न तथा शैक्षिक सामग्री वितरण गरिएको छ । समाजले बिहीबार २५ हजार रुपैयाँ बराबरको खाद्यन्न तथा शैक्षिक सामग्री वितरण गरेको बलदेव मल्लले जानकारी दिनुभयो ।
खाद्यान्न तथा शैक्षिक सामग्री वितरण कार्यक्रम हेल्पिङ ह्याण्ड्स दाङकी अध्यक्ष प्रतिक्षा पौडेलको अध्यक्षता र राप्ती भेरी कर्णाली एकता समाज कुवेतका महासचिव माधव शाहीको प्रमुख आतिथ्यमा तथा संचारकर्मी राज मल्ल, ठकुरी समाज महासंघ, नेपालका केन्द्रिय सदस्य बलदेव मल्लको उपस्थितीमा उक्त सामाग्री वितरण गरिएको हो ।
विजौरीस्थित बालविकास नेपाल दाङ विजौरीमा रहेका १५ जना बालबालिकाहरुलाई शिक्षामा सहयोग पुगोस भन्ने उद्देश्यले शैक्षिक सामग्रीका साथै खाद्यान्न वितरण गरिएको हेल्पिङ ह्याण्ड्सका सल्लाहाकार शालिकराम गौतमले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -