June 25, 2024

१०४ किलो गाँजासहित तीन जना पक्राउ

September 22, 2020

हेटौंडा / प्रहरीले १०४ किलो गाँजासहित तीन जना पक्राउ गरेका छन् । मनहरीबाट मंगलबार बिहान ३ बजे १०४ किलो गाँजासहित तीन जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
प्रनाउ रानाका अनुसार पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका ९ बस्ने बर्ष २६ को कपिल भन्ने रुप खड्का ठकुरी सोही ठाउँ वर्ष ३० का टलकबहादुर घलान र ४ बस्ने बर्ष २७ को मदन कोइराला रहेका छन् ।
पक्राउ परेकाहरुलाई थप प्रक्रिया अघि बढाई अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -