February 12, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

धरानमा जमिन भासिएपछि ७ परिवार विस्थापित

September 23, 2020
फोटो : गुगल ।

सुनसरी / धरान–२० विष्णुपादुकाको आँपटार महाभारतको चुरे पर्वत शृंखलामा स्थानमा शनिबारदेखि जमिन भासिन थालेको छ  । वडा अध्यक्ष मणिराम राईका अनुसार जमिन भासिएपछि उक्त स्थानमा रहेका ७ घरका ३२ जनालाई सुरक्षित स्थानमा सारिएको छ  ।
उहाँले वडाको विपद् व्यवस्थापन समितिको बैठक बसेर तत्काल सहयोगबारे निर्णय गरिने बताउनुभयो । विस्थापितलाई व्यवस्थापन गर्ने र हाल नेपाल रेडक्रस सोसाइटीले सात परिवारलाई त्रिपाल, कम्मल, भाँडाकुँडा, कपडा, डोरी, बाल्टिनलगायत प्याकेजमा नै राहत दिएको उहाँले भन्नुभयो ।
विस्थापित परिवारलाई नेपाली सेनाले निर्माण गरेको अस्थायी टेन्टमा राखिएको छ  भने लगातारको वर्षाले चुरे क्षेत्रको कमजोर जमिन भासिएको उहाँको भनाइ छ ।

- ADVERTISEMENT -