२०८३ बैशाख २, बुधबार
April 15, 2026
२०८३ बैशाख २, बुधबार
April 15, 2026 Wednesday
- ADVERTISEMENT -

गृहमन्त्री गुरुङद्वारा चितवनका विभिन्न ठाउँमा निरीक्षण

प्रकाशित मिति : २०८२ चैत्र २९ गते
file photo.

चितवन / गृहमन्त्री सुधन गुरुङले आइतबार चितवनका विभिन्न ठाउँको निरीक्षण र अवलोकन गरेका छन् ।

मुख्यगरी राजमार्गमा देखिएका समस्याहरुलाई छिटो हल गर्ने उद्देश्यसहित शनिबार राति चितवन आइपुगेका गृहमन्त्री गुरुङ राति नै नारायणगढ–मुग्लिन सडक खण्डमा धेरै पहिरोले समस्या निम्त्याउने घोप्टेभिर, तुईन खोलालगायतको क्षेत्रको स्थलगत अवलोकन गर्दै वर्षायाममा पुरानै समस्या नदोहोरिने गरि छिटो काम गर्न निर्देशन दिएका थिए । विपद्जन्य घटनाले लामो समय नै मुख्य राजमार्ग बन्द हुँदा समस्या भोग्दै आउनु परेकाले त्यसलाई रोक्न गृहमन्त्री गुरुङको चासो थियो ।

- ADVERTISEMENT -

Advertisement

भरतपुरस्थित नेपाल प्रहरी शिक्षालयमा रात बिताएका गृहमन्त्री गुरुङले यहाँको सुरक्षाको बारेमा प्रदेश र जिल्लाका सुरक्षा निकायसंग जानकारी लिएका थिए । चितवनका सुरक्षा निकायलाई सुशासन कायम गर्न, लागूऔषधलगायतका घटनामा निर्मम ढंगले कारवाही प्रक्रिया अघि बढाउन, जनतालाई चुस्तदुरुस्त सेवा दिने विषयमा गृहमन्त्रीले निर्देशन दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।

गृहमन्त्री गुरुङले बाटोमा विभिन्न व्यक्तिहरुसंग भेटघाटसंगै आफू एसएलसी उत्तीर्ण गरेको विद्यालय भरतपुर–२६, ज्योतिनगरस्थित कालिका संस्कारकुलम सेकेण्डरी स्कुल पुगेका थिए । त्यहाँ शिक्षक र स्थानीयहरुले स्वागत गरेका थिए । गृहमन्त्री गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं चितवन क्षेत्र नं।२ बाट निर्वाचित सांसद रवि लामिछानेको सचिवालय समेत केहीबेर पुगेर पार्टीका नेताहरुसंग भेटघाट गरेका थिए ।

गृहमन्त्री गुरुङ पूर्वपश्चिम राजमार्ग अन्तरगत दाउन्ने सडक खण्डको निरीक्षण गर्न नवलपरासी पूर्व प्रस्थान गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.11
149.71
European Euro
1
175.98
176.69
UK Pound Sterling
1
202.37
203.19
Swiss Franc
1
191.17
191.94
Australian Dollar
1
106.27
106.70
Canadian Dollar
1
108.43
108.87
Singapore Dollar
1
117.32
117.79
Japanese Yen
10
9.39
9.43
Chinese Yuan
1
21.88
21.96
Saudi Arabian Riyal
1
39.73
39.89
Qatari Riyal
1
40.90
41.06
Thai Baht
1
4.66
4.67
UAE Dirham
1
40.60
40.76
Malaysian Ringgit
1
37.74
37.89
South Korean Won
100
10.14
10.18
Swedish Kroner
1
16.28
16.35
Danish Kroner
1
23.55
23.64
Hong Kong Dollar
1
19.04
19.11
Kuwaity Dinar
1
486.73
488.69
Bahrain Dinar
1
395.26
396.85
Omani Rial
1
387.29
388.85