चितवन / बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ । चितवन जिल्लाको रत्ननगर नगरपालिका–६ का ५५ वर्षीय बभना चौधरीको सोमबार बाघको आक्रमणबाट ज्यान गएको हो ।
स्थानीय कुमरोज मध्यवर्ती सामुदायिक वनभित्र हात्ती चराउन जाँदा बाघले आक्रमण गरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामले जानकारी दिनुभयो । जरायो मारेर शिकार गरिरहेको अवस्थामा उनी घाँस काट्न त्यहाँ पुगेपछि बाघले आक्रमण गरेको उनले बताए ।
बिहान १०ः२५ बजेको समयमा घटना भएको र त्यस लगत्तै सो क्षेत्रमा प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ । मृतकको शव घटनास्थल नजिकै फेला परेको जनाइएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

बाघको आक्रमणबाट एक जनाको मृत्यु
September 29, 2020

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
