२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

चाडपर्व सुरु भएसँगै मुस्ताडमा किसानलाई स्याउ टिप्ने चटारो

प्रकाशित मिति : २०७७ आश्विन २३ गते
Red apples on apple tree branch . Himalayas, Nepal . Close up

मुस्ताङ / यतिबेला हिमाल पारीको जिल्ला मुस्ताङमा स्याउ टिप्न किसानहरुलाई चटारो भएको छ । अवरुद्ध सडक खुलेको करिब एक हप्तापछि किसानहरुले दशैंलाई लक्षित गरी स्याउ टिपेर पोखरा र काठमाडौं पठाउन सुरु गरेका छन् ।
मुस्ताङबाट विगत एक सातायता दैनिक लगभग एक ट्रकका दरले स्याउ बाहिरिने गरेको छ । यस वर्ष मुस्ताङमा गत वर्षकै तुुलनामा स्याउ फल्ने अनुमान गरिएको तर टिप्ने क्रम जारी रहेकोले उत्पादनको यकिन गर्न नसकेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका एकाइ प्रमुख सुधीर थापाले बताउनु भयो ।
मुस्ताडमा गत वर्ष ६ हजार ५ सय मेट्रिक टन स्याउ फलेको थियो । यो वर्ष पनि उत्पादन राम्रै रहेकोले त्यसैको हाराहारीमा उत्पादन हुने अनुमान गरिएको छ ।
सरकारले मुस्ताङमा स्याउ खेतीको सम्भावनालाई दृष्टिगत गरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत स्याउ जोन कार्यक्रम सञ्चालन गरेको र यस वर्षका लागि २ करोड २१ लाख बजेट विनियोजन गरेको परियोजनाको मुस्ताङ म्याङदी परियोजना प्रमुख सुधीर थापाले बताउनु भयो ।
मुस्ताङमा हाल एक हजार ४०० हेक्टर क्षेत्रफलमा स्याउखेती फैलिएको र हाल ५ सय हेक्टर क्षेत्रफलमा लगाइएको स्याउखेतीले उत्पादन दिन थालिसकेको छ ।
यो वर्ष मुताङमा ३ हेक्टरमा उच्च जातको स्याउ र ३० हेक्टरमा अन्य साधारण स्याउको विरुवा रोप्ने योजना रहेको थापाले बताउनु भयो । यो वर्ष मुस्ताडमा स्याउ लगाउने क्षेत्र विस्तार भई करिब १५ सय हेक्टर पुग्नेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11