मुस्ताङ / यतिबेला हिमाल पारीको जिल्ला मुस्ताङमा स्याउ टिप्न किसानहरुलाई चटारो भएको छ । अवरुद्ध सडक खुलेको करिब एक हप्तापछि किसानहरुले दशैंलाई लक्षित गरी स्याउ टिपेर पोखरा र काठमाडौं पठाउन सुरु गरेका छन् ।
मुस्ताङबाट विगत एक सातायता दैनिक लगभग एक ट्रकका दरले स्याउ बाहिरिने गरेको छ । यस वर्ष मुस्ताङमा गत वर्षकै तुुलनामा स्याउ फल्ने अनुमान गरिएको तर टिप्ने क्रम जारी रहेकोले उत्पादनको यकिन गर्न नसकेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका एकाइ प्रमुख सुधीर थापाले बताउनु भयो ।
मुस्ताडमा गत वर्ष ६ हजार ५ सय मेट्रिक टन स्याउ फलेको थियो । यो वर्ष पनि उत्पादन राम्रै रहेकोले त्यसैको हाराहारीमा उत्पादन हुने अनुमान गरिएको छ ।
सरकारले मुस्ताङमा स्याउ खेतीको सम्भावनालाई दृष्टिगत गरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत स्याउ जोन कार्यक्रम सञ्चालन गरेको र यस वर्षका लागि २ करोड २१ लाख बजेट विनियोजन गरेको परियोजनाको मुस्ताङ म्याङदी परियोजना प्रमुख सुधीर थापाले बताउनु भयो ।
मुस्ताङमा हाल एक हजार ४०० हेक्टर क्षेत्रफलमा स्याउखेती फैलिएको र हाल ५ सय हेक्टर क्षेत्रफलमा लगाइएको स्याउखेतीले उत्पादन दिन थालिसकेको छ ।
यो वर्ष मुताङमा ३ हेक्टरमा उच्च जातको स्याउ र ३० हेक्टरमा अन्य साधारण स्याउको विरुवा रोप्ने योजना रहेको थापाले बताउनु भयो । यो वर्ष मुस्ताडमा स्याउ लगाउने क्षेत्र विस्तार भई करिब १५ सय हेक्टर पुग्नेछ ।
चाडपर्व सुरु भएसँगै मुस्ताडमा किसानलाई स्याउ टिप्ने चटारो
October 9, 2020

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
