March 19, 2025
- ADVERTISEMENT -

पर्यटनमन्त्री भट्टराईलाई कोरोना संक्रमण पुष्टि

October 10, 2020

काठमाडौं / पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण भएको छ । शनिबार गरिएको परीक्षणमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको भट्टराईले सामाजिक संजालमार्फत जानकारी गराएका छन् । उनले शुक्रबार बेलुका हल्का ज्वरो आएपछि शनिबार कोरोना परीक्षण गराएकोमा पोजेटिभ रिपोर्ट आएको बताएका छन् ।
उनले आफूलाई हालसम्म पनि हल्का ज्वरोबाहेक अरु समस्या नदेखिएको र केहीदिन यता आफूसँग सम्पर्कमा आएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन आग्रह गरेका छन् ।

- ADVERTISEMENT -