March 19, 2025
- ADVERTISEMENT -

नेपालमा थप ३५५६ संक्रमित, काठमाडौंकै २१३९ जना

October 13, 2020

काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५५६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
नियमित प्रेस ब्रिफिङ मार्फत थप ३ हजार ५५६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वरप्रसाद गौतमले जानकारी दिए ।
उनका अनुसार देशभरका प्रयोगशालामा नमुना १५ हजार ५७७ परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये २१३९ जना काठमाडौंका छन् ।

- ADVERTISEMENT -