काठमाडौं / सूचना, सञ्चार तथा प्रविधिमन्त्री पार्वत गुरुङले सूचना र सञ्चार क्षेत्रको समस्या पहिचान गरी त्यसको समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सञ्चार मन्त्रालयमा बिहीबार पद बहाली गर्दै मन्त्री गुरुङले सञ्चार क्षेत्रलाई मर्यादित बनाउन, सञ्चार क्षेत्रको गरिमा माथि उठाउन र सरकारले गरेका कामलाई प्रभावकारी बनाउन सञ्चार क्षेत्रसँग समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
उनले सञ्चार र सूचना प्रणालीलाई छिटो र व्यवस्थित बनाउने पनि बताए । सञ्चार मन्त्रालयले मात्र नभई सबै मन्त्रालयका प्रवक्ताहरुले मन्त्रालयहरुले गर्ने विकास तथा कार्यक्रमबारे सही सूचना समयमै सम्प्रेषण गर्नुपर्ने मन्त्री गुरुङले बताए ।
सञ्चार मन्त्रालयमा भएका चुनौतीहरुलाई सहज रुपमा समाधान गर्न आफू सक्षम रहेको मन्त्री गुरुङको भनाइ छ । सञ्चार जगतका कमीकमजोरी तथा अभ्यासलाई पहिचान गरी त्यसको अन्त्यका लागि आफूले गरेका हरेक कामको एकसय दिनमा औपचारिक जानकारी गराउने पनि मन्त्री गुरुङले बताए ।
आफूले कुनै गलत कार्य नगर्ने र कुनै पनि सञ्चारमाध्यमले गलत गरेमा उक्त कुरा पनि मान्य नहुने उनले बताए । कोभिड १९ को महामारीको समयमा इन्टरनेटको माध्यमबाट बालबालिकाको अध्ययनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिदै मन्त्री गुरुङले मन्त्रालयमा भएका गलत कार्यलाई पनि आफूले सुधार गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । पदवाहाली गर्दै मन्त्री गुरुङले बिहीबार नै दूरसञ्चार नीति, साइबर सुरक्षा नीति, सूचना प्रविधि नीति बनाउन कार्यदल गठन गरेका छन् ।
नेपालमा सबै भू–भागमा इन्टरनेट र टेलिफोन सेवा पुर्याउन अप्टिकल फाइबरको सेवा विस्तार गर्न प्रक्रिया अघि बढाइएको सञ्चार सचिव हरिप्रसाद बस्यालले बताए ।
‘सञ्चारमाध्यमले गलत गरेमा मान्य नहुने’

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.81
153.41

European Euro
1
177.31
178.00

UK Pound Sterling
1
205.23
206.04

Swiss Franc
1
194.66
195.43

Australian Dollar
1
108.91
109.34

Canadian Dollar
1
110.57
111.00

Singapore Dollar
1
119.39
119.86

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.49
22.58

Saudi Arabian Riyal
1
40.72
40.88

Qatari Riyal
1
41.92
42.09

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.60
41.77

Malaysian Ringgit
1
38.51
38.66

South Korean Won
100
10.05
10.09

Swedish Kroner
1
16.32
16.38

Danish Kroner
1
23.73
23.82

Hong Kong Dollar
1
19.50
19.58

Kuwaity Dinar
1
498.08
500.03

Bahrain Dinar
1
405.33
406.92

Omani Rial
1
397.43
398.99










