२०८२ जेष्ठ ३१, शनिबार
June 14, 2025
२०८२ जेष्ठ ३१, शनिबार
June 14, 2025 Saturday

खैरहनीमा ४४ जनाले गरे रक्तदान

प्रकाशित मिति : २०७७ आश्विन ३० गते
- ADVERTISEMENT -

खैरहनी / स्थानीय वि को पहलमा हेमोफिलीया र प्राईम नेपालको सयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पूर्वी चितवनको खैरहनीस्थित मेलमिलाप चोकमा चार महिलासहित ४४ जनाले रक्तदान गरेका छन् ।
हेमोफीलिया सोसाईटी नेपालका तर्फबाट वि का सदस्य तथा हेल्प सोसाईटीका महासचिव एवम ब्लड डोनर्स एसोसियसन नेपालका पूर्व सदस्य दिपक न्यौपाने, संस्थाका महासचिव प्राईम नेपालका तर्फबाट संस्थापक कार्यकारी निर्देशक अनुप अधिकारी वि का सदस्य तथा हेल्प सोसाईटीका महासचिव तथा ब्लड डोनर्स एसोसियसन नेपालका पूर्व सदस्य दिपक न्यौपाने लगाएतले मन्तब्य राख्नुभयो ।
समाजसेवी रामनाथ न्यौपाने बाट उदघाटन भएको कार्यक्रममा समाजसेवी,संघ संस्थाका प्रतिनीधि,व्यवसायी लगायतको उपस्थिति थियो । विबिका संयोजक अमृत अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा वडा न ४ का अध्यक्ष देव बहादुर बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो । अस्पतालहरुमा भएको रगतको अभाब न्यूनीकरण गर्न रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

- ADVERTISEMENT -