२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026
२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026 Saturday
- ADVERTISEMENT -

भरतपुरको तीनखोले गुम्बामा भोलि २५७० बुद्धजयन्ती मनाइने

प्रकाशित मिति : २०८३ बैशाख १७ गते

चितवन / भरतपुर वाइपास रोडमा स्थित महाबौद्ध गुम्बा तीन खोलेमा २५७०औं बुद्धजयन्ती मनाउने भएको छ । विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि बुद्ध जयन्तीलाई भव्यताका साथ मनाउने तयारी भइरहेको बुधबार पत्रकार सम्मेलन मार्फत गुम्बा समितिका अध्यक्ष दलबहादुर गुरुङले जानकारी दिए ।

वैशाख १८ गते परेको बुद्ध जयन्तीका लागि गुम्बा परिसरमा सरसफाइ गरेर लुङ्दा तथा ध्वजापताकामार्फत सजिसजाउ गरिएको छ । त्रिसंयोग अर्थात् जन्मिएको दिन, सम्यक सम बुद्धत्व ज्ञान प्राप्त गरेको दिन र महापरिनिर्वाण भएको तिथिमा बुद्ध जयन्ती मनाउँदै आइएको छ । भगवान् गौतम बुद्धको ज्ञान, गुण र अमृतमय उपदेशलाई स्मरण गर्दै विभिन्न खालका कार्यक्रम सञ्चालन गरिने मनाइने अध्यक्ष गुरूङले बताए ।

- ADVERTISEMENT -

Advertisement

उनका अनुसार बुद्ध जयन्तीका दिन बिहान ६ देखि ७ बजेसम्म शुद्धीकरण पूजा, ७ देखि १० बजेसम्म शान्ति पदयात्रा हुनेछ । गुम्बा परिसरबाट निस्कने पदयात्राले विशालचोक, दीपेन्द्रचोक, वीरेन्द्र क्याम्पसचोक हुँदै शहीदचोकबाट मिलनरोड हुँदै लीलाचोक, रामेश्वर मन्दिर, तरकारी बजारदेखि बुद्ध टोल हुँदै पुनः गुम्बामा आइपुग्ने तालिका रहेको अध्यक्ष गुरूङले बताए ।

दिउँसो १ बजेपछि बौद्ध आचार्य लोपेन रिन्छेन दोर्जे ९सञ्जीव० गुरूङबाट धर्मदेशना हुनेछ । उक्त कार्यक्रममा सहभागी भई सहयोग गरिदिन पनि समितिले आग्रह गरेको छ । बुद्ध जयन्ती केवल पर्वमात्रै नभई धर्मरक्षाका लागि पनि मनाइने हुँदा बुद्धधर्मप्रति आस्था राख्ने सबैका लागि पुण्य प्राप्त गर्ने अवसरसमेत रहेको उनको भनाइ छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36