काठमाडौं / आफ्नै सहकर्मीको हत्या गरी फरार एक अभियुक्तलाई प्रहरीले ११ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर भीमफेदीका भीमसेन घागा मगर र रामकृष्ण चुनी मगर रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)ले जनाएको छ ।
ब्युरोको टोलीले ती दुई जनालाई बाँकेको नेपालगञ्जस्थित भातीय सीमा क्षेत्रबाट पक्राउ काठमाडौ ल्याएको हो । उनीहरुलाई थप कारवाहीका लागि आजै वारदातस्थल रहेको ललितपुरस्थित महानगरीय प्रहरी वृत्त चापागाउँमा बुझाइएको ब्युरोका प्रमुख प्रहरी नायव महानिरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।
विसं २०६६ मा ललितपुरको गोदावरी नगरपालिका १३ ईँटा भट्टामा काम गर्ने मकवानपुरका डिलबहादुर योञ्जनलाई कोदालीको विँडले हानी हत्या गरिएको थियो । त्यसपछि उनीहरु फरार भई भारतमा लुकिछिपी बस्दै आएका थिए । उनीहरु बीच सामान्य विषयमा भएको झगडाको कारण उक्त घटना भएको प्रहरीले जनाएको छ ।
उनीहरु घटनापछि ललितपुरबाट पैदलै हेटौँडा गएर ट्रक चढी रक्सौल नाका हुँदै भारत गएका थिए । भारतमा परिचयसमेत बदलेर काम गर्दै आएका थिए । पछि परिवारसमेत भारत लगेको खुल्न आएको छ । निरन्तरको निगरानी पश्चात नेपाल आएको पत्ता लागेपछि पक्राउ गरी काठमाडौँ ल्याइएको हो ।
- ADVERTISEMENT -

हत्या गरी फरार अभियुक्त ११ वर्षपछि पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
149.11
149.71

European Euro
1
175.98
176.69

UK Pound Sterling
1
202.37
203.19

Swiss Franc
1
191.17
191.94

Australian Dollar
1
106.27
106.70

Canadian Dollar
1
108.43
108.87

Singapore Dollar
1
117.32
117.79

Japanese Yen
10
9.39
9.43

Chinese Yuan
1
21.88
21.96

Saudi Arabian Riyal
1
39.73
39.89

Qatari Riyal
1
40.90
41.06

Thai Baht
1
4.66
4.67

UAE Dirham
1
40.60
40.76

Malaysian Ringgit
1
37.74
37.89

South Korean Won
100
10.14
10.18

Swedish Kroner
1
16.28
16.35

Danish Kroner
1
23.55
23.64

Hong Kong Dollar
1
19.04
19.11

Kuwaity Dinar
1
486.73
488.69

Bahrain Dinar
1
395.26
396.85

Omani Rial
1
387.29
388.85












