March 17, 2025
- ADVERTISEMENT -

घरको छतबाट बाबु फालेर हत्या गर्ने छोरा पक्राउ

October 24, 2020

दाङ / आफ्नै बाबुलाई घरको छतबाट फालेर हत्या गर्ने छोरालाई दाङ प्रहरीले पक्राउ गरेको छ । बंगलाचुली गाउँपालिका २ दाङ निवासी २२ वर्षीय छोरा वीरबहादुर विकलाई शनिबार बिहान ४५ वर्षीय बुबा बालाराम विकलाई घरको छतबाट फालेर हत्या गरेको अभियोगमा पक्राउ गरेको हो ।
जिल्ला प्रहरी प्रवक्ता (डीएसपी) सुमित खड्काका अनुसार शुक्रबार राति पौने १२ बजेतिर घरायसी विवादका क्रममा छोराले बाबुलाई घरको छतबाट फालेपछि उनको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनाबारे प्रहरीलाई शनिबार विहान २ बजे खबर आएको तथा त्यसपछि प्रहरी पुगेर छोरालाई नियन्त्रणमा लिएको डीएसपी खड्काले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -