देवघाट / देवघाटका ६६ वर्षीय अग्निपीडित पदम गुरुङलाई आर्थिक सहयोग प्राप्त भएको छ । दशैंको समयमा अग्निपीडित गुरुङलाई सहयोगी मनहरुले स्वदेश तथा विदेशबाट पठाइएको २९ हजार ४२ रुपैयाँ गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापा मार्फत् आइतबार हस्तान्तरण गरिएको हो ।
तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ३ नाल्बुङ्ग वस्तीमा गत वर्ष २०७६ साल माघ २६ गते आगोलागी भै गुरुङको घर जलेको थियो । गुरुङका अनुसार बेलुकीको खाना बसालेर नजिकै बाख्रा गोठमा बाख्राहरुलाई घास दिएर फर्कदै गर्दा धुरीबाट एक्कारी धुवाँ जस्तो निस्किएको र क्षणभर घर खरानी भएको थियो ।
त्यसलगतै देवघाट गाउँपालिकाका प्रेस सल्लाहकार आशिक रानाको पहलमा आर्थिक संकलन अभियान सुरु गरी तत्काल २० हजार नगदसहित खाद्यान्न सामग्री विभिन्न संघ संस्थाबाट संकलन गरी प्रथम पटक गुरुङलाई गाउँपालिकाका अध्यक्ष थापा मार्फत उपलब्ध गराइएको थियो ।
त्यसैगरी अहिले दोस्रो पटक गुरुङको लागि स्थाई घर काठमाडौं र हाल जापानमा रहनु भएका खुशी दाहाल र समीर दाहाल (कृष्ण)ले २० हजार ४२ रुपैयाँ र हाल दक्षिण कोरिया रहनु भएका दिपेन्द्र गिरीले ५ हजार रुपैयाँ, साउदी अरबबाट दिल थापाले २५ सय रुपैयाँ र पोखराबाट हिरा थापाले १५ सय रुपैयाँ गरी २९ हजार ४२ रुपैयाँ आर्थिक संकलन गरी गुरुङलाई हस्तान्तरण गरिएको हो ।
- ADVERTISEMENT -

अग्निपीडित गुरुङलाई २९ हजार आर्थिक सहयोग
October 26, 2020

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
