काठमाडौं / नेपाल प्रहरीले स्रोत नखुलेको रु ४० लाख नगदसहित एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गामा चेकजाँचका क्रममा स्रोत नखुलेको रु ४० लाख नगदसहित पश्चिम नवलपरासीका ४० वर्षीय व्यास गुप्तालाई शुक्रबार बिहान पक्राउ गरेको हो ।
प्रभागका प्रमुख, प्रहरी निरीक्षक हेमन्त विक्रम थापाले बुटवलबाट काठमाडौँ आउँदै गरेको लु १ ख ८६५२ नम्बरको बसमा कम्मरपेटीमा लुकाएर ल्याएको अवस्थामा गुप्तालाई पक्राउ गरिएको जानकारी दिए । गुप्ताले रु एक लाख दरका ४० थान रकम झोला र कम्मरपेटीमा ल्याएको अवस्थामा पक्राउ गरिएको हो ।
पक्राउ व्यक्तिसँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
- ADVERTISEMENT -

स्रोत नखुलेको ४० लाख नगदसहित एक पक्राउ
November 7, 2020

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
