२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026
२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026 Saturday
- ADVERTISEMENT -

‘पितृ सेवा गरे सबै सुख प्राप्ति हुने’ : मन्त्री लामा

प्रकाशित मिति : २०७७ कार्तिक २२ गते
बागमती प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा /

चितवन / तामाङ पत्रकार संघ चितवन र साङ छेवाङ टासी बौद्ध गुम्बाको संयुक्त आयोजनामा शोक सभा आयोजना भएको छ । तामाङ पत्रकार संघ चितवनका सचिव राजेश रुम्बा लामाकी ममतामयी माता बुद्धिमाया नेगी तामाङको ४९ औं दिन (घेवा)को पुण्यतिथिमा शनिबार शोक सभा आयोजना गरिएको हो ।
शोक सभाका प्रमुख अतिथि बागमती प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले पितृको सेवा नै मूल धर्म भएको बताए । बाबु आमाको सेवा गरे नै सबै सुख प्राप्ति हुने भएकोले सबैलाई आफ्नो पितृलाई आत्मैदेखि सेवा गर्न आग्रह गरे ।
मन्त्री लामाले घेवा कार्यक्रममा विशुद्ध शाकाहारी तरिकाले अपनाउनु पर्ने बताए । हामी तामाङ जातिमा मद्यपान र मासुजन्य खानपान शैली हावी भएकाले यसले कसैको भलो नहुने उनको भनाइ थियो । तामाङ जातिमा मद्यमान गरेर ठूलो हुन्छ भन्ने भ्रम पालेर बस्ने भएकाले सामाजिक हिसाबले अरुसँग प्रतिस्पर्धा गर्न नसकेको बताए ।
हरेक किसिमका पर्व तथा कार्यक्रममा मद्यपान तथा मासुजन्य खानपान गर्ने प्रवृत्ति हावी हुँदै गएकोले आजैका दिनदेखि हामीले यसलाई निरुत्साहित गर्दै लानु पर्ने उनको जिकिर थियो । हामीले हाम्रो कमजोरीलाई त्याग्न सक्यौं भने तामाङहरुको भविष्य धेरै अघि बढ्ने उनको आग्रह थियो ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा राप्ती उपमहानगरपालिका कार्यालयका उपमेयर इमानसिंह मोक्तानज्यूले पितृहरुले सिंगो समाजको रुपान्तरणको लागि महत्वपूर्ण भूमिका निभाउनु भएको बताए । पितृहरुले देखाउनु भएको असल बाटोलाई सबैले अनुशरण गर्नुपर्ने उनको भनाइ थियो ।


उक्त कार्यक्रममा नेपाल तामाङ घेदुङ संघीय सदस्य गोमानसिंह लामा, तामाङ पत्रकार संघका केन्द्रीय सदस्य उर्गेन तामाङ, तामाङ पत्रकार संघ चितवनका उपाध्यक्ष बबिलाल तामाङ, सदस्य सन्तोष तामाङ, राप्ती नगरपालिका कार्यालयका कार्यपालिका सदस्य दिलकुमारी तामाङलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम तामाङ पत्रकार संघ चितवनका अध्यक्ष ज्ञानेन्द्र तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36