May 18, 2024

ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण

November 12, 2020
फोटो : इच्छाकामना न्यूज ।

देवघाट / देवघाट आश्रमका ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरिएको छ । प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय स्वास्थ्य निर्देशनालय जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँको आयोजनामा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको हो ।
सो अवसरमा ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परिक्षण गरिनुका साथै औषधीसमेत वितरण गरिएको देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले जानकारी दिए । उनले ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ध्यान दिनु पर्ने सबैको कर्तव्य भएको बताए । उनीहरुलाई खुशी पारे ठूलो पुण्य कमाइने उनले भने ।
कार्यक्रमका संयोजक डा. प्रमोद मण्डल, व.क.नि. केशवराज न्यौपाने, वैध नि. सोमकान्त पौडेल र वैध नि. भोजहरी रानाभाट लगायतले ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरेका थिए । देवघाट आश्रमका ३८ जना ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -