March 15, 2025
- ADVERTISEMENT -

७५ वर्षिय वृद्धको भत्ता रकम लुट्ने एक युवा पक्राउ

November 14, 2020
सांकेतिक तस्बिर

गोरखा / गोरखाको पालुङटार नगरपालिका–७ च्याङ्लीका एक युवकलाई लुटपाटको आरोपमा प्रहरीले पक्राउ गरेको छ । तनहुँको आबुँखैरेनी गाउँपालिका स्थित आँबुखैरेनी ७५ बर्षिय बृद्धामाथि लुटपाट गरेको आरोपमा २९ बर्षिय बिशालजंग शाही पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
शाहीले यहीँ कात्तिक २५ गते बृद्धा भत्ता लिएर फर्कदै गर्नुभएका पुननारायण श्रेष्ठलाई दुईधारे भन्ने ठाउँमा त्रास देखाएर लुटपाट गरेको प्रहरीको आरोप छ । उनले बृद्धका साथमा रहेको ९ हजार ४ सय रुपैया लुटपाट गरेको र घटनाको बारेमा पिडितले प्रहरीलाई जानकारी गराएपछि पक्राउ गरिएको हो ।
पक्राउ परेका शाही बिरुद्ध जिल्ला अदातल तनहुँबाट म्याद थपगरि अनुसन्धान अघि बढाइएको प्रहरी जनाएको छ ।

- ADVERTISEMENT -