April 13, 2024

नेपालमा थप १७०३ संक्रमित, कुल निको २ लाख १० हजार बढी

November 27, 2020

काठमाडौँ / नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७०३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । शुक्रबार थप १ हजार ७०३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ७०३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार २३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख १० हजार ६७१ जना संक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप २३ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४३५ पुगेको छ ।
नेपालमा हाल संक्रिय संक्रमितको संख्या १७ हजार २३७ रहेको छ ।

- ADVERTISEMENT -