२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

मनकामना मन्दिर र केबलकार मंसिर २८ गतेबाट संचालन

प्रकाशित मिति : २०७७ मंसिर २४ गते
- ADVERTISEMENT -

चितवन / कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण ९ महिनादेखि बन्द रहेको मनकामना मन्दिर मंसिर २८ देखि खुल्ने भएको छ । मंगलबार मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाइमा बसेको सरोकारवालाको बैठकले आइतबारबाट मन्दिर सञ्चालन गर्ने निर्णय गरेको हो । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैत्र ८ गतेबाट मन्दिर गरिएको थियो ।
संस्कृति महाशाखाको धार्मिक स्थल सञ्चालन सम्बन्धी स्वास्थ्य सुरक्षा मापदण्ड २०७७ अनुसार कार्यविधि बनाएर मन्दिर सञ्चालन गरिने समितिका कार्यकारी निर्देशक लेवेन्द्र गुरुङले बताए । ‘संस्कृति महाशाखाको मापदण्डलाई टेकेर मनकामना क्षेत्रलाइ कोभिड–१९ बाट सुरक्षित राख्न कार्यविधि तयार गरिसकेका छौ’, उनले भने, ‘भक्तजनहरुले उक्त कार्यविधि अनिवार्य रुपमा पालना गर्नुपर्छ ।’ कार्यविधि अनुसार भक्तजनहरु लाइनमा बस्दा तीन फिटको भौतिक दुरी कायम गर्नुपर्ने छ भने मास्क अनिवार्य गरिएको गुरुङले बताए । हाललाई भक्तजनहरु मन्दिरभित्र गएर पूजाआजा गर्न पाउने छैनन् ।
केवलकार पनि सञ्चालनमा
यस्तै सरोकारवालाहरुको बैठकले मन्दिरसँगै केवलकार पनि सञ्चालन आउने भएको छ । केवलकार संचालन हुने भएपछि आवश्यक मर्मत संहारको काम सुरु गरिएको मनकामना दर्शन प्रालिका नायव प्रबन्धक उज्वल शेरचनले बताए ।
‘मर्मत संहारको काम लगभग सकिसकेका छौं, सप्टवेयर, हार्डवयरको र सरसफाइको काम बाँकी छ, शेरचनले भने, तीन दिनमा सबै काम सक्छौ ।’ स्वास्थ्य सुरक्षा मापदण्डका लागि ‘स्ट्याण्डर अपरेसन प्रोसिजर (एसओपी)’ निर्माण गरिएको उनले जानकारी दिए । उनका अनुसार केवलकारले साविकको भन्दा आधा प्रतिशत मात्र यात्रु बोक्ने छ ।

- ADVERTISEMENT -