२०८२ बैशाख २९, सोमबार
May 12, 2025
२०८२ बैशाख २९, सोमबार
May 12, 2025 Monday

एकैदिन ६ लाख ८० हजारमा कोरोना संक्रमण पुष्टि, १३ हजार बढीको मृत्यु

प्रकाशित मिति : २०७७ पुष २ गते
- ADVERTISEMENT -

काठमाडौं / विश्वमा पाँच करोड २३ लाखभन्दा बढी मानिस कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये विश्वभर पछिल्लो २४ घण्टामा ५ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५ करोड २३ लाख १३ हजार ६८७ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख ८० हजार भन्दाबढीमा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ७ करोड ४४ लाख ८० हजार ६९६ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ हजार १ सय भन्दा बढीको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या १६ लाख ५४ हजार २७ जना पुगेको छ ।
हाल विश्वभर २ करोड ५ लाख भन्दाबढी सक्रिय संक्रमित छन् भने एक लाख ७ हजार भन्दाबढीको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ । कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या १ करोड ७३ लाख ५८ हजार ९३२ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड १ लाख भन्दाबढी २ संक्रमणमुक्त भएका छन् ।कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख १४ हजार नाघेको छ ।
त्यसैगरी, भारतमा सक्रमितको संख्या ९९ लाख ५४ हजार ७६९ पुगेको छ । संक्रमितमध्ये एक लाख ४४ हजार भन्दा बढीको मृत्यु भइसकेको छ भने हालसम्म ९४ लाख ८१ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् ।
ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ७० लाख ४२ हजार नाघेको छ भने १ लाख ८३ हजार ८२२ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ६१ लाख ३२ हजार भन्दा बढी निको भएका छन् ।

- ADVERTISEMENT -