खोटाङ / खोटाङ जिल्लामा जंगलमा टेन्ट टाँगेर बसेको अवस्थामा छापा मारेर प्रहरीले विप्लवका कार्यकर्तालाई पक्राउ गरेको छ । साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको सेखुवास्थित खलेबारी जंगलमा टेन्ट टाँगेर बसिरहेको अवस्थामा छापा मारेर प्रहरीले सोलुखुम्बु सोताङ गाउँपालिका–४ घोंदरेका २२ वर्षीय विप्लव कार्यकर्ता केवी तामाङ ‘बागध्वज’ लाई पक्राउ गरेको हो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले रातको समयमा छापा मारी भरुवा बन्दुक, राइफल तथा पेस्तोलका गोली, बारुद, छर्रालगायत बन्दोबस्तीका सामानसहित उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी नारायणप्रसाद चिमरियाले बताए ।
प्रहरीले उनको साथबाट विभिन्न कम्पनीका सिमसहितका मोबाइल, प्रयोगमा ल्याइएको खुला सिम १७ थान, प्रयोगमा ल्याउन बाँकी अर्थात् नखोलिएका १२ थान सिम, दुई वटा ट्यांकलगायतका बन्दोबस्तीका सामान बरामद गरिएको जनाएको छ । उनीमाथि हातहतियार, खरखजाना तथा राज्यविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

खोटाङको जंगलमा विप्लवका कार्यकर्ता पक्राउ
December 17, 2020

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
