चितवन / निजी आवास तथा प्रबलिकरणका लाभग्राही मध्ये ४ सय ५० जनाको नाम सूचिबाट हटाएको छ । आइतबार पत्रकार भेटघाटमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ चितवनले ४ सय ५० जना सूचीबाट हटाइएको जानकारी दिए ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइका ई. सुजन नेपालले कार्यालयसँग निजी आवासतर्फ ३ सय ४४ र प्रबलीकरणतर्फ १ सय १६ जना लाभग्राहीसँग सम्झौता हुन सकेको बताए । ती लाभग्राहीको नाम सूचीबाट हटाउनका लागि सिफारिस गरिएको उनले भने ।
नाम दोहोरीएका, वडामा समेत सम्पर्कमा नआएका, वसाईसरि अन्यन्त्र गएका, घर पुननिर्माण नगर्ने सोचमा रहेका लाभग्राहीका कारण सम्झौता गर्न नआएको नेपालले बताए । निजी आवास निर्माणतर्फ ८० दशमलब ३७ प्रतिशत प्रगती भएको जनाएको छ ।
नेपालका अनुसार जिल्लामा रहेका ७ हजार ८ सय ६० लाभग्राही मध्ये ६ हजार ४१ लाभग्राहीले घर निर्माण सम्पन्न गरी तेस्रो किस्ता बापतको रु १ लाख समेत लिई सकेका छन् । यस्तै दोस्रो किस्ता बापतको रु १ लाख ५० हजार ६ हजार ५ सय २६ लाभग्राहीले र पहिलो किस्ता बापत रु ५० हजार ७ हजार ५ सय १६ लाभग्राहीले लिई सकेका छन् ।
प्रबलिकरणतर्फ हाल सम्म प्रथम किस्ता बापतको रु ५० हजार बुझ्ने १ हजार २ सय ६२ लाभग्राही मध्ये ९ जनाले दोस्रो किस्ता बापतको रकम रु ५० हजार समेत वुझिसकेका छन् । प्रबलीकरणका लागि १ हजार ३ सय ७८ लाभग्राही रहेका छन् ।
पहिलो किस्ता लिएका दोस्रो किस्ता लिन नआउने लाभग्राही ६ सय ३३ जना, तेस्रो किस्ता लिन नआउने ४ सय ४ लाभग्राही रहेका छन् । स्थानीय निकायको समन्वयको कमीका कारण किस्ता लिन आउन नचाहेको राष्ट्रिय पुनर्निमाण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ भवनका ई. सुबास न्यौपानेले बताए ।
कार्यालयमा प्रथम किस्ता रकम फिर्ता गर्ने २ जना रहेका छन् । यसै क्रममा २ सय ३३ जना डकर्मी उत्पादन गरेको कार्यालयले जनाएको छ । पहिलो किस्ताको सम्झौता गर्नका लागि प्राधिकरणले यही पुस १५ गते सम्मका लागि समय दिएको नेपालले जानकारी दिए ।
यस्तै सोही अबधिमा जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) तर्फ हाल सम्म १ सय ७९ वटा विद्यालय भवनहरु वनेका छन् । जसमा ५ सय ७४ वटा कक्षा कोठा निर्माण भएको शिक्षाका ई. सरोज श्रेष्ठले जानकारी दिए । शौचालय १ सय ४ वटा र खानेपानी ५१ वटा निर्माण गरिएको छ । उनका अनुसार जिल्लाका २ सय ३३ वटा बिद्यालयमा ७ सय ४० कक्षाकोठा क्षती पुगेको थियो । विद्यालयको भवन निर्माण तर्फ ५६ प्रतिशत भौतिक प्रगती भएको जनाइएको छ ।
- ADVERTISEMENT -

लाभग्राहीको सूचिबाट हटे ४५० जना

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.56
152.16

European Euro
1
177.58
178.28

UK Pound Sterling
1
205.10
205.91

Swiss Franc
1
193.06
193.82

Australian Dollar
1
108.60
109.03

Canadian Dollar
1
110.96
111.40

Singapore Dollar
1
118.86
119.33

Japanese Yen
10
9.68
9.72

Chinese Yuan
1
22.20
22.29

Saudi Arabian Riyal
1
40.41
40.57

Qatari Riyal
1
41.58
41.74

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
41.26
41.43

Malaysian Ringgit
1
38.18
38.33

South Korean Won
100
10.29
10.33

Swedish Kroner
1
16.41
16.47

Danish Kroner
1
23.77
23.86

Hong Kong Dollar
1
19.35
19.43

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.32
402.91

Omani Rial
1
393.64
395.20










