२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025
२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025 Friday

चितवनमा काँग्रेसको विरोध सभा, सामान्य उम्मेद्वार पनि विजयी हुने दावी

प्रकाशित मिति : २०७७ पुष १४ गते
- ADVERTISEMENT -

चितवन / नेपाली काँग्रेस चितवनले विरोध सभा गरेको छ । प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै सोमबार नेपाली कांग्रेसले भरतपुरमा प्रदर्शन गरेको हो ।
नेपालका कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले सभामा बोल्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चितवनमा चुनाव लड्न कुनै पनि ठाउँ नभएको बताए ।
सभापति श्रेष्ठले क्षेत्र नं. २ अन्तरगत भरतपुरको चौविसकोठीमा आयोजित विरोध प्रदर्शनलाई सम्बोधन गर्दै प्रचण्डले चुनाव लड्ने ठाउँ नभएको बताएका हुन् ।
उनले भने– ‘तीन वटै निर्वाचन क्षेत्रमा काँग्रेसले जित्छ, प्रचण्डलाई चुनाव लड्ने अब ठाउँ छैन, अन्त्य ठाउँ खोज्दै गरे हुन्छ ।’ उनले आगामी निर्वाचनमा नेकपाका जो कोही नेताको लागि काँग्रेसका सामान्य उम्मेद्वार उठे पनि काँग्रेस विजयी बन्ने दावी गरे ।

- ADVERTISEMENT -