चितवन / जनकल्याण माध्यमिक विद्यालय माडीका छात्राहरुलाई साईकल सहयोग प्राप्त भएको छ । हाल अष्ट्रेलियामा बसोबास गर्दै आउनुभएका माडीका दम्पत्ती ई. सुरेश खड्का र उनकी श्रीमती वृष्टी मोक्तानले २० छात्राहरुलाई सोमबार सहयोग गरेको हो ।
विद्यालयका कक्षा ८ र ९ मा अध्ययनरत विपन्न तथा जेहेन्दार २० जना छात्राहरुलाई साइकल साइकल उपलब्ध गराएको ई. खड्काले बताए । विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई विद्यालय जान–आउन सहज र पढाइमा थप हौसला प्राप्त होस् भन्ने उद्देश्यले साईकल वितरण गरिएको खड्काको भनाइ छ ।
विद्यालयको वार्षिक उत्सवको अवसर पारेर खड्काकी आमा टुकीमायाले विद्यार्थीलाई साइकल वितरण गरिएको थियो । छात्राहरुलाई साइकल हस्तान्तरण गर्दै टुकिमायाले विद्यार्थीहरुको उत्तरोत्तर प्रगतिको कामना समेत गरेकी थिइन् । ई. खड्का दम्पतिले आगामी दिनमा विद्यालयलाई सहयोग गर्दै जाने प्रतिबद्धता पनि जनाएका थिए ।
माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ठकालले विद्यार्थीहरुलाई गरिएको साइकल वितरणले पढाइप्रति थप हौसला प्रदान गर्ने धारणा राखेका थिए । विद्यालयका प्रधानध्यापक रामबहादुर जिसी तथा विद्यालयका अध्यक्ष श्यामकुमार विष्टले खड्का परीवारलाई धन्यवाद ज्ञापन गरेका थिए ।
- ADVERTISEMENT -

माडीमा जनकल्याण माविका २० छात्रालाई साइकल सहयोग
December 29, 2020

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
