May 20, 2024

चितवन निकुञ्जमा गैंडा मृत अवस्थामा फेला

December 1, 2020

चितवन / चितवन राष्ट्रिय निकुञ्जमा एउटा मृत गैंडा फेला परेको छ । सोमबार निकुञ्जमा ३५ वर्षको भाले मृत गैंडा फेला परेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए ।
निकुञ्जका सूचना अधिकारी अधिकारीका अनुसार रिउ र राप्ती नदीको दोभानको दक्षिण किनारमा मृत अवस्थामा गैंडा फेला परेको हो । उनले उक्त गैंडा बूढो भएर कालगतिले मरेको हुन सक्ने बताए ।
उक्त गैंडा निकुञ्जको बाघमारा पोष्ट र गोलाघाट क्षेत्रमा नियमितरूपमा देखिने गरेको र रेखदेखमा नै रहेको उनको भनाइ थियो । उक्त गैंडाको खाग र खुर सुरक्षित रहेको उनले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -