–सुरक्षा न्यौपाने
चितवन । भरतपुर महानगरपालिकामा विभिन्न समस्याको समाधान गरिदिन भन्दै उजुरी पर्ने क्रम निरन्तर बढेको पाइएको छ । भरतपुर महानगरका उपप्रमुख पार्वती सिंह ठकुरीको नेतृत्वमा रहेको न्यायिक समितिमा चालू आर्थिक वर्षको ६ महिनाको अबधिमा मात्रै २९ वटा उजुरी दर्ता भएका छन् । न्यायिक समितिमा परेका उजुरीलाई सम्बन्धित वडामा रहेका मेलमिलाप केन्द्रमा पठाएर समाधानको लागि पहल गरी हालसम्म परेका उजुरी मध्ये अधिकांश उजुरी टुङ्ग्याइएको न्यायिक समिति सभापति ठकुरी बताउनुहुन्छ ।
उनले यदि वडाले मुद्दा मिलाउन सकेन भने जानकारीसहित वडाध्यक्षले सिफारिस गरेर पठाएपछि हामीले मुद्दा हेर्ने गरेको बताइन् । न्यायिक समितिमा परेका २९ मुद्दा मध्ये १२ उजुरी समाधान गरिसकेको छ भने बाँकी रहेका उजुरी पनि प्रक्रियामा रहेको बताइएको छ । महानगरवासीलाई छिटो छरितो तरिकाले न्याय दिन महानगरपालिका तयार र सक्षम रहेको उनको भनाइ छ ।
अहिलेसम्म न्यायिक समितिमा परेका उजुरीमध्ये अधिकांश मुद्दा साँध सिमाना, श्रीमान श्रीमती बीच बेमेल, आर्थिक लेनदेन, बाटो बिवाद लगायतका रहेको उनले जानकारी दिइन् । अहिलेसम्म परेका कुनै पनि मुद्दालाई न्यायिक समितिले अदालतमा पठाउन नपरेको संयोजक ठकुरीको दावी छ ।
मेलमिलापमा मुद्दाको छिनोफानो गर्दा कसैको हार र कसैको जितको अनुभूति नहुने र सामाजिक प्रतिष्ठामा पनि कुनै आँच नआउने भएकाले मेलमिलापमा जोड दिएर मुद्दा मिलाउने गरेको उनको भनाइ छ ।
- ADVERTISEMENT -

भरतपुर महानगरमा उजुरी पर्ने क्रम बढ्दो

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.56
152.16

European Euro
1
177.58
178.28

UK Pound Sterling
1
205.10
205.91

Swiss Franc
1
193.06
193.82

Australian Dollar
1
108.60
109.03

Canadian Dollar
1
110.96
111.40

Singapore Dollar
1
118.86
119.33

Japanese Yen
10
9.68
9.72

Chinese Yuan
1
22.20
22.29

Saudi Arabian Riyal
1
40.41
40.57

Qatari Riyal
1
41.58
41.74

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
41.26
41.43

Malaysian Ringgit
1
38.18
38.33

South Korean Won
100
10.29
10.33

Swedish Kroner
1
16.41
16.47

Danish Kroner
1
23.77
23.86

Hong Kong Dollar
1
19.35
19.43

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.32
402.91

Omani Rial
1
393.64
395.20










