–सुरक्षा न्यौपाने
चितवन । भरतपुर महानगरपालिकामा विभिन्न समस्याको समाधान गरिदिन भन्दै उजुरी पर्ने क्रम निरन्तर बढेको पाइएको छ । भरतपुर महानगरका उपप्रमुख पार्वती सिंह ठकुरीको नेतृत्वमा रहेको न्यायिक समितिमा चालू आर्थिक वर्षको ६ महिनाको अबधिमा मात्रै २९ वटा उजुरी दर्ता भएका छन् । न्यायिक समितिमा परेका उजुरीलाई सम्बन्धित वडामा रहेका मेलमिलाप केन्द्रमा पठाएर समाधानको लागि पहल गरी हालसम्म परेका उजुरी मध्ये अधिकांश उजुरी टुङ्ग्याइएको न्यायिक समिति सभापति ठकुरी बताउनुहुन्छ ।
उनले यदि वडाले मुद्दा मिलाउन सकेन भने जानकारीसहित वडाध्यक्षले सिफारिस गरेर पठाएपछि हामीले मुद्दा हेर्ने गरेको बताइन् । न्यायिक समितिमा परेका २९ मुद्दा मध्ये १२ उजुरी समाधान गरिसकेको छ भने बाँकी रहेका उजुरी पनि प्रक्रियामा रहेको बताइएको छ । महानगरवासीलाई छिटो छरितो तरिकाले न्याय दिन महानगरपालिका तयार र सक्षम रहेको उनको भनाइ छ ।
अहिलेसम्म न्यायिक समितिमा परेका उजुरीमध्ये अधिकांश मुद्दा साँध सिमाना, श्रीमान श्रीमती बीच बेमेल, आर्थिक लेनदेन, बाटो बिवाद लगायतका रहेको उनले जानकारी दिइन् । अहिलेसम्म परेका कुनै पनि मुद्दालाई न्यायिक समितिले अदालतमा पठाउन नपरेको संयोजक ठकुरीको दावी छ ।
मेलमिलापमा मुद्दाको छिनोफानो गर्दा कसैको हार र कसैको जितको अनुभूति नहुने र सामाजिक प्रतिष्ठामा पनि कुनै आँच नआउने भएकाले मेलमिलापमा जोड दिएर मुद्दा मिलाउने गरेको उनको भनाइ छ ।
भरतपुर महानगरमा उजुरी पर्ने क्रम बढ्दो

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
