February 15, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नवलपुरमा कोरोना विरुद्धको खोप ल्याउने तयारी

January 9, 2021
Coronavirus COVID-19 single dose small vials and multi dose in scientist hands concept. Research for new novel corona virus immunization drug.

नवलपुर / नवलपुरको गैँडाकोटमा नगरपालिकामा कोरोना भाइरस विरुद्धको खोप मार्चको पहिलो सातामै ल्याउने तयारी भएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलका अनुसार नेपाल सरकारले मार्चको पहिलो साता त्रिभुवन विमानस्थलमा खोप झार्ने तयारी गरेको र त्यहाँबाट सिधै गैँडाकोट नगरपालिकाका लागि छुट्याइएको खोप परिमाण ल्याउने तयारी भएको छ ।
खोप लगाउने व्यक्तिहरुको विवरण स्वास्थ्य मन्त्रालयले माग गरेको अनुसार नगरपालिकाबाट पठाइसकिएको समेत पौडेलले जानकारी गराए । अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविकालाई सवैभन्दा पहिला खोप लगाउने सरकारको निर्णय अनुसार गैँडाकोटमा पनि सोही अनुसार खोप दिइने गरी तयारी भएको हो । परिवार कल्याण महाशाखाले केही दिन अघि मात्रै पत्रचार गरेर अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविकाहरुको नामावली पठाउने भनेको थियो ।
सोही अनुसार विवरण पठाइसकिएको छ ,पौडेलले भने। त्यस्तै नगरभित्रका निजी स्वास्थ्य संस्थामा कार्यरतहरुको नामावली माग गरेको भएपनि अहिलेसम्म उनीहरुले भने नगरपालिकामा विवरण उपलब्ध नगराएको पौडेलले बताए ।

- ADVERTISEMENT -