February 8, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बालविवाह गर्ने बेहुला-बेहुलीसहित ४ जना पक्राउ

January 19, 2021

सप्तरी / बाल विवाह गर्ने गराउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । हनुमाननगर कंकालिनि नगरपालिका-१४ रामपुरमा बाल विवाह गर्ने गराउने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही नगरपालिका बस्ने १५ वर्षीया बेहुली, तिरहुत गाउँपालिका-३ बस्ने बेहुला ४३ वर्षीय बिनोद सुतियार, विवाह गराउने कार्यमा संलग्न सोही ठाउँ बस्ने ६७ वर्षीय रामेश्वर शर्मा र बेहुलीकी ४५ वर्षीया आमा रहेका छन् ।
उक्त ठाउँमा बालविवाह भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी रामपुरमल्हनियाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

- ADVERTISEMENT -