२०८२ मंसिर २४, बुधबार
December 10, 2025
२०८२ मंसिर २४, बुधबार
December 10, 2025 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पिटुसिटुमा आश्रित बालबालिकालाई न्यानो कपडा वितरण

प्रकाशित मिति : २०७७ माघ ९ गते
Photo : Sauraha Online
- ADVERTISEMENT -

चितवन / लायन्स क्लव अफ चितवन राइनो सिटिका कोषाध्यक्ष दिनेश कंडेलले पिटु सिटुमा आश्रित २५ विधार्थीलाई न्यानो कपडा वितरण गरेका छन्। पूर्वी चितवनका युवा व्यवसायी दिनेशले जाडोको कारण बालबालिकालाई रुघा खोकी निमोनिया जस्ता समस्या देखा पर्ने हुदा बालबालिकालाई न्यानो कपडा वितरण गरिएको बताए।
उनका अनुसार पिटुसिटुमा आश्रित बालबालिकालाई जुत्ता पनि हस्तान्तरण गर्ने कार्यक्रम छ। दिनेश पूर्वी चितवनमा गुणस्तरीय सेवा सहित एसीको डिलर सिद्धार्थ रेफ्री जेनेरेटरका संचालक हुन्।
सडकमा रहेका बालबालिकालाई आवासीय सुविधा र कुलत बाट रोक्न पिटुसिटुको स्थापना भएको पिटुसिटुका कोषाध्यक्ष निर्देश सेढाईले बताए।
कार्यक्रममा चितवन जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी नान्तिराज गुरुङ, भुपेन्द्र धिताल, बेलबहादुर गुरुङ लगाएतको सहभागिता थियो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -