२०८३ जेष्ठ २५, सोमबार
June 8, 2026
२०८३ जेष्ठ २५, सोमबार
June 8, 2026 Monday
- ADVERTISEMENT -

समाचारमा राजकीय सम्मानको भाषा प्रयोग गर्न आफ्ना पत्रकारलाई ओलीको ‘हुकुम’

प्रकाशित मिति : २०७७ माघ ९ गते

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अल्पमत पक्षका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले समाचारमा आफूलाई अपमान गरेको भन्दै पत्रकार माथि प्रश्न उठाएका छन् । विहिबार आफू पक्षका पत्रकार संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै यस्तो प्रश्न गरेका हुन् ।
ओली त्यसै त बेलाबेला पत्रकारहरूलाई पाठ पढाइरहन्छन् । कुनै बेला पत्रकारितामाथि प्रश्न उठाउँछन् भने कुनै बेला पत्रकारहरूमाथि नै खनिन्छन् । यो उनको दिनचर्य नै बनेको छ ।
लकडाउनका बेला राजधानी छोडेर पैदलै टाढा टाढा पुग्नेहरूको फोटो र समाचार छापेर आफू नेतृत्वको सरकारलाई बदनाम गराउन लागिपरेको भन्दै समग्र सञ्चारजगत् माथि खनिएका उनै प्रधानमन्त्री ओलीले बिहीबार पुनः सञ्चारकर्मीको ओलोचना भ्याएका छन् ।
भेलामा सम्बोधन गर्दै ओलीले पत्रकारलाई निष्पक्ष हुनुपर्नेदेखि लिएर पीत पत्रकारिता र समाचार लेख्दा ‘तिमी’ सम्बोधन गरेर लेख्न नहुने पाठ पढाए । प्रधानमन्त्री ओलीले सम्बोधन, देशभक्ति, मानव अधिकारका पक्ष, समाजिक न्याय र समानताको पक्ष, पत्रकारले अपडेट हुनुपर्ने, पत्रकार उदाहरणीय बन्नुपर्ने, सत्य समाचार र पीत पत्रकारिता आदि विषयमा पत्रकारलाई पाठ पढाएका छन्।
कार्यक्रममा उनले सबैभन्दा पहिला समाचार लेख्दा उल्लेख हुने सम्बोधनको भाषामा आपत्ति जनाए । मध्यम आदरार्थी शब्द ‘तिमी’ लगातयका सम्बोधन प्रति ओलीको आक्रोश थियो । उनले यही विषयमा पत्रकारहरूलाई पाठ पढाएका थिए । विगतमा पनि उनले सञ्चारमाध्यमले लेख्दै आएको ‘तिमी’ सम्बोधनप्रति असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।
‘आफू निकट पत्रकारहरुको भेलामा पनि उनले यस विषयमा बिबिसीको उदाहरण दिँदै पाठ पढाएका छन् । बिबिसीले यु भन्दियो। युको अनुवाद तिमी । तिमी चलाइदियो । उसलाई त हाम्रो सभ्यता, शिष्टता, मर्यादा, संस्कृतिमाथि हमला गर्नुछ त्यही भएर भन्दियो । अनि हामीले हाम्रो भाषा हाम्रो संस्कृति आफूभन्दा ठूलालाई तपाईं भन्नुपर्छ । त्यो छाड्दिएर यू वालामा गयौं हामी । बडो गर्वका साथ । तर हामी फर्कनुपर्छ ।’ कार्यक्रममा उनले भने ।
तिमी सम्बोधनका विषयमा उनले पत्रकारलाई राजतन्त्रको समयको उदाहरण दिँदै त्यसबेलाको समयमा जस्तो ‘हुकुम बक्सियो, सवारी भयो’ जस्ता शब्द लेख्न नसकेपनि तपाईं लेख्नुपर्ने बताए ।
‘हिजो राजतन्त्र हुँदा, दरबार हुँदा, राजा हुँदा, राजाका श्रीमती हुँदा, राजाका छोराछोरी हुँदा त्यसबेला हामी कसरी बोल्थ्यौं? हेर्नुस् न भन्दैनथ्यौं, उहाँले भन्नुभो भन्दैनथ्यौं, हुकुमबक्सियो । हेर्नुभयो भन्दैनथ्यौं, नजर भयो भन्थ्यौँ । उहाँले खानुभयो भन्दैनथ्यौं, ज्युनार भयो । हिँड्नुभयो भन्दैनथ्यौं, सवारी भयो भन्ने गथ्र्यौँ ।’
अहिले त हेर्नुहोस् पनि होइन, हेर । हिँड्नभो, खानुभो भन्न पनि हामीलाई गाह्रो छ । आज हामी हिँडे, खाए, उनले हेरे, यस्तो भाषा मात्र बोल्छौं । हाम्रा बाले हेरे, हाम्री आमा पनि त्यहीँ छिन्, तिनले पनि हेरिन् लेखिरहेका छौँ । तपाईंहरु त्यही लेख्नुहुन्छ नि होइन र पत्रिकामा ? त्यही त लेख्नुहुन्छ नि ।’ प्रधानमन्त्री ओलीले आक्रोश भंगीमा भने । स्रोत : तेमाल अनलाइनबाट ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36