२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

भेनेजुएलामा दुई शक्तिशाली भूकम्प

भवनहरुमा क्षति, ज्यान जोगाउन सडकमा
प्रकाशित मिति : २०८३ असार ११ गते

काराकास / दक्षिण अमेरिकी मुलुक भेनेजुएलाको उत्तरी तटीय क्षेत्रमा एकै मिनेटभित्र दुईवटा शक्तिशाली भूकम्प गएका छन्। बुधबार साँझ गएका यी लगातारका भूकम्पका कारण थुप्रै भवनहरू भत्किएका छन् भने त्रसित नागरिकहरू ज्यान जोगाउन सडकमा निस्किएका छन्।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजिएस) ले यी लगातारका भूकम्पका कारण हजारौँ मानिस हताहत हुन सक्ने र व्यापक क्षति पुगेको हुन सक्ने चेतावनी दिएको छ। यद्यपि क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ। भूकम्प लगत्तै सरकारले देशैभर संकटकाल घोषणा गरेर उद्धारकर्मी र सुरक्षाकर्मी परिचालन गरेको छ।

- ADVERTISEMENT -

Advertisement

यो विपद् भेनेजुएलाका लागि निकै कठिन समयमा आएको छ। अमेरिकी फौजले राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेपछि हाल त्यहाँ अन्तरिम सरकार क्रियाशील छ। लामो समयदेखिको चरम आर्थिक र राजनीतिक सङ्कट झेलिरहेको देशमा यो अर्को ठुलो बज्रपात बनेको छ।

विपद् व्यवस्थापन अधिकारीहरूका अनुसार पहिलो ७.२ म्याग्निच्युडको धक्का याराकुई राज्यको राजधानी सान फेलिप नजिकै स्थानीय समय अनुसार साँझ ६ः०४ बजे गएको थियो। त्यसको ठिक ४० सेकेन्ड पछि सोही राज्यको युमारे सहरभन्दा २३ किलोमिटर दक्षिणपूर्वलाई केन्द्रबिन्दु बनाएर ७।५ म्याग्निच्युडको अर्को ठुलो भूकम्प गयो। युमारे क्षेत्र भेनेजुएलाका ठुला तेल प्रशोधन केन्द्रहरू रहेको क्षेत्र पनि हो।

- ADVERTISEMENT -

Advertisement

बुधबार त्यहाँ सेन्ट जोन द ब्याप्टिस्ट र स्पेनबाट देश स्वतन्त्र भएको उत्सव मनाउने सार्वजनिक बिदा परेकाले धेरैजसो मानिसहरू घरमै वा सार्वजनिक कार्यक्रममा व्यस्त थिए। भूकम्पको धक्का देशका विभिन्न राज्यहरूका साथै सयौँ किलोमिटर टाढा रहेको छिमेकी मुलुक कोलम्बियासम्म महसुस गरिएको थियो।

केन्द्रबिन्दुभन्दा करिब ३०० किलोमिटर टाढा रहेको राजधानी काराकासको धनाढ्य बस्ती अलटामिरा स्क्वायर नजिकै कम्तीमा तीनवटा भवन आंशिक रूपमा भत्किएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा काराकास र तटीय सहर कातिया ला मारका पहाडी क्षेत्रमा घरहरू भत्किएको र पूर्वाधारमा व्यापक क्षति पुगेको देखिन्छ। घरबाट भागेका एक स्थानीयले ‘दृश्य कुनै हरर फिल्म जस्तै भयानक रहेको’ बताए।

सुरुमा पुएर्टो रिको र भर्जिन टापु लगायतका क्षेत्रमा सुनामीको चेतावनी दिइए पनि पछि अमेरिकी सुनामी चेतावनी केन्द्रले सुनामीको खतरा नरहेको स्पष्ट पारेको छ। मादुरोको गिरफ्तारी पछि कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी डेल्सी रोड्रिगेजले राष्ट्रका नाममा सम्बोधन गर्दै भूकम्पमा परी मानिसहरूको मृत्यु भएको पुष्टि गरेकी छन्। उनले मृतकका परिवारप्रति समवेदना व्यक्त गरे पनि मृतकको संख्या भने खुलाएकी छैनन्।

यूएसजिएसले आफ्नो पेजर प्रणाली मार्फत यो भूकम्पका लागि ‘रेड अलर्ट’ जारी गरेको छ, जुन इतिहासमा वर्षमा एक वा दुई पटक मात्र जारी गरिन्छ। यूएसजिएसका अनुसार यस क्षेत्रका अधिकांश भवनहरू भूकम्पको धक्का थेग्न नसक्ने खालका भएकाले ठुलो मानवीय र आर्थिक क्षति हुन सक्ने सम्भावना छ।

विपद् व्यवस्थापनका लागि सरकारले उच्च स्तरीय कार्यदल गठन गरेको छ। राजधानी नजिकै रहेको सिमोन बोलिभर विमानस्थलमा क्षति पुगेपछि उडानहरू अस्थायी रूपमा बन्द गरिएको छ। देशैभरका विद्यालयहरू एक हप्ताका लागि बन्द गरिएको छ भने रेल सेवा र अत्यावश्यक बाहेकका अन्य गतिविधि रोकिइसकेका छन्। थप संरचनाहरू भत्किन सक्ने जोखिमलाई ध्यानमा राख्दै सुरक्षा बल परिचालन गरिएको छ भने सम्भावित आगलागी रोक्न केही भवनहरूमा ग्याँस आपूर्ति बन्द गरिएको छ।

भूकम्पका कारण बिजुली र दूरसञ्चार पूर्वाधारमा क्षति पुग्दा धेरै क्षेत्रमा इन्टरनेट सेवा ठप्प भएको छ। यसैबिच मेक्सिको, ब्राजिल, बोलिभिया र एल साल्भादोर लगायतका लेटिन अमेरिकी देशहरूले भेनेजुएलाप्रति ऐक्यबद्धता र समवेदना प्रकट गरेका छन्। एजेन्सी

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.17
151.77
European Euro
1
171.49
172.18
UK Pound Sterling
1
198.94
199.73
Swiss Franc
1
186.00
186.74
Australian Dollar
1
104.17
104.58
Canadian Dollar
1
106.25
106.67
Singapore Dollar
1
116.39
116.85
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.27
40.43
Qatari Riyal
1
41.47
41.64
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.16
41.32
Malaysian Ringgit
1
36.53
36.68
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.46
15.52
Danish Kroner
1
22.94
23.03
Hong Kong Dollar
1
19.28
19.36
Kuwaity Dinar
1
490.97
492.92
Bahrain Dinar
1
400.95
402.55
Omani Rial
1
392.66
394.22