चितवन / चितवनमा भेटिएका दुई ठाउँको शंकास्पद वस्तु डिस्पोज गरिएको छ । नेपाली सेनाको डिस्पोजल टोलीद्वारा उक्त शंकास्पद वस्तु डिस्पोज गरिएको हो ।
डिस्पोज गरिएको भरतपुर–१ रामनगरमा राखिएको वस्तु रातो कपडाले बेरेका इँटा र भरतपुर–११ बाइपास रोडस्थित आँखा अस्पताल अगाडि राखिएको बस्तु सिसाको बोतल भएको पाइएको प्रहरीले बताएको छ ।
दुबै स्थानमा भेटिएका शंकास्पद वस्तुु बम नभएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सूुर्यबहादुर थापाले जानकारी दिए ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका कारण चितवनमा आंशिक प्रभाव परेको छ । विप्लव निकटका व्यक्तिले नै शंकास्पद बस्तु राखेको हुन सक्ने अनुमान गरिएको छ ।
चितवनको २ ठाउँमा भेटिएका शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
